ne_tw/bible/other/know.md

5.8 KiB
Raw Permalink Blame History

जान्‍नु, ज्ञान, अपरिचित, छुट्याउन

परिभाषा:

कुनै कुरा “जान्‍नु” भनेको कुनै कुरालाई बुझ्‍नु वा यथार्थबारे सचेतन हुनु हो। “परिचित गराउनु,” भन्‍ने वाक्याँश भनेको टुक्‍का हो र यसले जानकारी बताउनु भन्‍ने अर्थ दिन्छ।

  • “ज्ञान” भन्‍ने शब्दले कुनै कुरासम्बन्धी मानिसहरूको जानकारीलाई बुझाउँछ । यसले भौतिक तथा आत्मिक दुवै क्षेत्रका कुराहरूबारेको जानकारीलाई सङ्केत गर्छ।
  • मानिसहरूले उहाँलाई चिन्‍न सकून् भनेर परमेश्‍वरले आफ्नो विषयमा यथार्थहरूलाई प्रकट गरिदिनुभयो।
  • हामीले एकअर्कासँग कुराकानी गर्दा तथा एकअर्कामा रहेका कुराहरूलाई अवलोकन गर्दा नै मानिसहरूबारे जानकारी थाहा पाउन सक्छौं।
  • त्यसरी नै हामीले विज्ञान, कला तथा जीवनका अन्य क्षेत्रहरूबारे अध्ययन तथा अवलोकनद्वारा थाहा पाउने गर्छौं।
  • परमेश्‍वरको इच्छा जान्‍नु भनेको उहाँले आज्ञा दिनुभएको कुराबारे सचेतन हुनु वा मानिसबाट उहाँले के चाहनुहुन्छ भन्‍नेबारे थाहा पाउनु हो।
  • “व्यवस्था जान्‍नु,” भनेको परमेश्‍वरले दिनुभएको आज्ञाबारे सचेतन हुनु वा परमेश्‍वरले मोशाद्वारा दिनुभएको व्यवस्थामा रहेका निर्देशनहरूलाई बुझ्‍नु हो ।
  • कहिलेकाहीँ “ज्ञान” लाई “बुद्धि” को पर्यायवाची शब्दको रूपमा प्रयोग गरिन्छ र परमेश्‍वरलाई मनपर्दो ढंगबाट जिउने कुरा यसमा समावेश हुन्छ।
  • “परमेश्‍वरको ज्ञान” लाई कहिलेकाहीँ “यहवेको भय,” को पर्यायवाची शब्दको रूपमा पनि प्रयोग गरिन्छ।

अनुवाद सुझावहरू

  • प्रसङ्गअनुसार, “जान्‍नु,” भन्‍ने शब्दले “बुझ्‍नु,” वा “परिचित हुनु” वा “सचेतन हुनु,” वा “थाहा पाउनु,” वा “सम्बन्धमा रहनु,” भन्‍ने बुझाउन सक्दछ।
  • कहिलेकाहीँ “जान्‍नु” भन्‍ने शब्दको लागि दुई फरक शब्दहरू भाषामा प्रयोग गरिन्छन् र कुनै कुराहरू वा मानिसहरू सम्बन्धी “जानकारी” अनुसार शब्दको प्रयोग फरक पर्न सक्दछ। त्यसैले प्रसङ्गअनुसार सही शब्द छानेको निश्‍चित गराउनुहोला।
  • “परिचित गराउनु,” भन्‍ने शब्दलाई “प्रकट गराउनु,” वा “बारे बताउनु,” वा “वर्णन गर्नु,” भनी अनुवाद गर्न सकिन्छ।
  • कुनै कुराबारे जान्‍नु भन्‍ने शब्दलाई “बारे सचेतन हुनु” वा “सँग परिचित हुनु” भनी अनुवाद गर्न सकिन्छ।
  • “कसरी गर्न जान्‍नु,” भन्‍ने वाक्याँशको अर्थ कुनै कुरा कसरी गरिन्छ भन्‍ने तरिका वा प्रक्रियालाई बुझ्‍नु हो। यसलाई “को निम्ति सक्षम हुनु,” वा “को निम्ति दक्ष हुनु,” भनी अनुवाद पनि गर्न सकिन्छ।

​बाइबल सन्दर्भहरू:

१ कोरिन्थी २:१२-१३

१ शमूएल १७:४६

२ कोरिन्थी २:१५

२ पत्रुस १:३-४

व्यवस्था ४:३९-४०

उत्पत्ती १९:५

लूका १:७७

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H1843, H1844, H1847, H1875, H3045, H3046, H4093, H4486, H5046, H5234, H5475, H5869, G00500, G00560, G10970, G11070, G11080, G14920, G19210, G19220, G19870, G24670, G25890, G42670, G48940