ne_tw/bible/other/kind.md

2.5 KiB
Raw Permalink Blame History

किसिम (दयालु होइन)

परिभाषा:

“किसिम” भन्‍ने शब्दले सबै विशेषताहरू होइन तर केही विशेषताहरू साझा भएका कुनै थोकको समूह वा वर्गलाई जनाउँछ ।

  • परमेश्‍वरले संसार सृष्‍टि गर्नुहुँदा बनाउनुभएका पशुहरू तथा वनस्पतिहरूको विशेष वर्गलाई दर्शाउन यो शब्द बाइबलमा प्रयोग गरिएको छ ।
  • प्रायः प्रत्येक “किसिम” भित्र विभिन्‍न प्रकार वा प्रजातिहरू हुन्छन् । उदाहरणको लागिः घोडाहरू, जेब्राहरू तथा गधाहरू सबै उही “किसिम” का सदस्यहरू हुन्, तर तिनीहरू फरक-फरक प्रजातिहरू हुन् ।
  • यसरी प्रत्येक “किसिम” लाई फरक समूहको रूपमा पहिचान गराउने प्रमुख विशेषता भनेको उक्त समूहमा रहेका सदस्यहरूले उही “किसिम” का प्रजातिहरूलाई पुनरुत्पादन गर्नु हो । फरक-फरक किसिमका सदस्यहरूले आपसमा त्यसो गर्न सक्दैनन् ।

अनुवादका निम्ति सुझावहरूः

  • यो शब्दलाई “किसिम” वा “वर्ग” वा “समूह” वा “वर्ग” वा "जनावर (बनस्पति)को समूह" भनी अनुवाद गर्न सकिन्छ ।

बाइबलका सन्दर्भहरूः

शब्दतथ्याङ्कः

  • Strongs: H2178, H3978, H4327, G10850, G54490