ne_tw/bible/other/inquire.md

2.8 KiB
Raw Permalink Blame History

सोधपुछ गर्नु

तथ्यहरूः

"सोधपुछ" शब्दको अर्थ कसैलाई जानकारीको लागि सोध्नु हो। "सोधपुछ" भन्‍ने अभिव्यक्तिलाई प्राय: परमेश्‍वरसँग बुद्धि वा मद्दत माग्‍नु जनाउन प्रयोग गरिन्छ।

  • पुरानो करारले केही उदाहरणहरूलाई प्रस्तुत गरेको छ जहाँ मानिसहरूले परमेश्‍वरसित सोधपुछ गरे।
  • राजा वा सरकारी कर्मचारीले कार्यालयको लिखित अभिलेखहरूलाई खोज्‍ने सम्बन्धमा पनि यस शब्दलाई प्रयोग गर्न सकिन्छ।
  • सन्दर्भमा आधारित रहेर “सोधपुछ गर्नु” लाई “सोध्‍नु” वा “जानकारीको लागि अनुरोध गर्नु” भनेर पनि अनुवाद गर्न सकिन्छ।
  • पदावली “यहवेलाई सोधपुछ गर्नु” लाई “मार्गदर्शनको लागि यहवेलाई सोध्‍नु” वा “के गर्ने भनी यहवेलाई सोध्‍नु” भनी अनुवाद गर्न सकिन्छ।
  • “को बारेमा सोधपुछ गर्नु” लाई “को बारेमा प्रश्‍नहरू सोध्‍नु” वा “को बारेमा जानकारीको लागि अनुरोध गर्नु” भनी अनुवाद गर्न सकिन्छ।
  • यहवेले“तिमीहरूले मलाई सोधपुछ गर्नेछैनौ” भन्‍नुहुँदा यसलाई “मलाई जानकारी सोध्‍न म तिमीहरूलाई अनुमति दिनेछैनँ” वा “मबाट सहायता खोज्‍न तिमीहरूलाई अनुमति दिइनेछैन” भनी अनुवाद गर्न सकिन्छ।

​बाइबल सन्दर्भहरू:

व्यवस्था १९:१८

इजकिएल २०:१

इजकिएल २०:३०-३२

एज्रा ७:१४

अय्यूब १०:७

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H1240, H1245, H1875, G18300