ne_tw/bible/other/imitate.md

2.6 KiB
Raw Permalink Blame History

अनुसरण गर्नु, अनुसरण गर्ने

परिभाषा:

पदावलीहरू “अनुसरण गर्नु” र “अनुसरण गर्ने” ले कसैको नक्‍कल गर्ने अर्थात् त्यस व्यक्‍तिले जस्तै गर्ने कामलाई जनाउँछन्।

  • येशूले झैँ परमेश्‍वरको आज्ञा पालन गरेर र अरूहरूलाई प्रेम गरेर येशू ख्रीष्‍टको अनुसार गर्न ख्रीष्‍टियानहरूलाई सिकाइएको छ।
  • जसरी पावलले ख्रीष्‍टको अनुसरण गरे, त्यसै गरी आदि मण्डलीले तिनको अनुसरण गर्नुपर्छ भनी प्रेरित पावलले बताए।

अनुवादका लागि सुझावहरूः

  • “अनुसरण गर्नु” लाई “उसले गरेका कुराहरूजस्तै गर्नु” वा “उसको उदाहरणलाई पछ्याउनु” भनी अनुवाद गर्न सकिन्छ।
  • अभिव्यक्‍ति “परमेश्‍वरका अनुसरण गर्नेहरू होओ” लाई “परमेश्‍वरले झैँ गर्ने मानिसहरू होओ” वा “परमेश्‍वरले गर्नेजस्तै कुराहरू गर्नेहरू होओ” भनी अनुवाद गर्न सकिन्छ।
  • “तिमीहरूले हाम्रो अनुसरण गर्‍यौ” लाई “तिमीहरूले हाम्रो उदाहरणलाई पछ्यायौ” वा “तिमीहरूले त्यही ईश्‍वरीय कुराहरू गरिरहेका छौ जुन तिमीहरूले हामीले गरेका देख्यौ” भनी अनुवाद गर्न सकिन्छ।

बाइबलका सन्दर्भहरूः

  • ३ यूहन्‍ना ०१:११-१२
  • मत्ती २३:१-३

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H0310, H6213, G10960, G25960, G34010, G34020, G41600