ne_tw/bible/other/hour.md

3.1 KiB
Raw Permalink Blame History

घडी

परिभाषा:

कुनै कुरो कहिले र कति लामो समयम्म भयो भनी जनाउन प्रयोग गर्नुका अतिरिक्‍त यस “घडी” शब्दलाई केही आलङ्कारिक अर्थहरूमा पनि प्रयोग गरिन्छ।

  • कहिले काहीँ “घडी” ले केही कुरो गर्ने (जस्तैः प्रार्थनाको घडी) नियमित, तालिकाबद्ध समयलाई जनाउँछ।
  • येशूको दुःख भोग्‍ने र मृत्यु वरण गर्ने “घडी आएको थियो” भनी खण्डले बताउँदा यसको अर्थ हुन्छ, कि यो हुनु नै थियो भनी लामो समय अगिदेखि परमेश्‍वरले यसलाई नियुक्‍त गर्नुभएको थियो।
  • “त्यस क्षणमा” वा “ठिक त्यही बेला” भन्‍ने अर्थमा पनि “घडी” शब्दलाई प्रयोग गरिएको छ।
  • खण्डले “घडी” अबेर भएको विषयमा बताउँदा, यसको अर्थ हुन्छ कि सूर्य अस्ताउन लाग्दा त्यो दिन ढल्किसकेको थियो।

अनुवादका लागि सुझावहरूः

  • आलङ्कारिक रूपमा प्रयोग गरिँदा यस “घडी” शब्दलाई “समय” वा “क्षण” वा “नियुक्‍त गरिएको समय” भनी अनुवाद गर्न सकिन्छ।
  • पदावली “ठिक त्यही घडीमा” वा “उही घडीमा” लाई “त्यस क्षणमा” वा “त्यस समयमा” वा “तुरुन्तै” वा “ठिक त्यही बेला” भनी अनुवाद गर्न सकिन्छ।
  • अभिव्यक्‍ति “घडी अबेर भयो” लाई “त्यो दिन अबेर भयो” वा “चाँडै नै अँध्यारो हुँदै छ” वा “दिन बित्‍नै लाग्यो” भनी अनुवाद गर्न सकिन्छ।

(हेर्नुहोस्ः समय)

बाइबलका सन्दर्भहरूः

  • १ कोरिन्थी १५:२९-३०
  • प्रेरित १०:३-६
  • प्रेरित १०:९-१२
  • प्रेरित १०:३०-३३
  • मर्कूस १४:३५-३६

शब्द तथ्याङ्कः

स्ट्रोंग्स G56100