ne_tw/bible/other/horse.md

2.1 KiB
Raw Permalink Blame History

घोडा

परिभाषा:

घोडा एउटा ठुलो, चार-खुट्टे जनावर हो। बाइबलको समयमा यसलाई अधिकांशतः कृषिसम्बन्धी काम र मानिसहरूलाई ओसारपसार गर्नको लागि प्रयोग गरिन्थ्यो।

  • केही घोडाहरू गाडा वा रथहरू तान्‍नको लागि प्रयोग गरिन्थे भने अरू घोडाहरूलाई मानिसहरूको ओसारपसारको लागि प्रयोग गरिन्थ्यो।
  • घोडालाई अगुवाइ गर्न सकियोस् भनेर त्यसको मुखमा मुखरी र लगाम लगाइन्छन्।
  • खास गरी युद्धमा घोडाहरूको प्रयोग हुने भएकाले बाइबलमा घोडाहरूलाई मूल्यवान् सम्पत्तिको रूपमा हेरिन्थ्यो र तिनीहरू सम्पत्तिको मापन पनि थिए। उदाहरणको लागि, सोलोमनको विशाल सम्पत्तिको भाग हजारौँ घोडा र रथहरू पनि थिए।
  • घोडासित मिल्दोजुल्दो जनावरहरूमा गधा र खच्‍चड पर्छन्।

(हेर्नुहोस्ः रथ, गधा, सोलोमन)

बाइबलका सन्दर्भहरूः

१ इतिहास १८:४

२ राजा २:११

प्रस्थान १४:२३-२५

इजकिएल २३:५-७

जकरिया ६:८

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H0047, H5483, H5484, H6571, H7409, G24620