ne_tw/bible/other/heir.md

2.9 KiB
Raw Permalink Blame History

उत्तराधिकारी

परिभाषा:

मरेको व्‍यक्‍तिका सम्पत्ति वा रुपियाँ-पैसा वैधानिक रूपमा प्राप्‍त गर्ने व्‍यक्‍ति नै “उत्तराधिकारी” हो।

  • बाइबलको समयमा मुख्य उत्तराधिकारी जेठो छोरो हुन्थ्यो, जसले उसको पिताका अधिकांश सम्पत्ति र रुपियाँ-पैसा प्राप्‍त गथ्र्यो।
  • बाइबलले ख्रीष्‍टियानहरूलाई जनाउन “उत्तराधिकारी” शब्दलाई आलङ्कारिक रूपमा पनि प्रयोग गरेको छ। परमेश्‍वर ख्रीष्‍टियानहरूका आत्मिक पिता हुनुहुन्छ, जसबाट तिनीहरूले आत्मिक लाभ प्राप्‍त गर्छन्।
  • परमेश्‍वरका सन्तानको रूपमा ख्रीष्‍टियानहरूलाई येशू ख्रीष्‍टसँगै “साझे-उत्तराधिकारीहरू” भनिएको छ। यसलाई “सह-उत्तराधिकारीहरू” वा “सङ्गी उत्तराधिकारीहरू” वा “सँगैका उत्तराधिकारीहरू” भनेर पनि अनुवाद गर्न सकिन्छ।
  • “उत्तराधिकारी” शब्दलाई “लाभ प्राप्‍त गर्ने व्‍यक्‍ति” भनी अनुवाद गर्न सकिन्छ। वा बुबा आमा अथवा अन्य नातेदारहरूको मृत्युपश्‍चात् सम्पत्ति र अन्य थोकहरू प्राप्‍त गर्ने व्‍यक्‍तिको लागि अर्थ दिने कुनै पनि अभिव्‍यक्‍ति प्रयोग गर्न सकिन्छ।

(हेर्नुहोस्ः जेठा, उत्तराधिकारी)

बाइबलका सन्दर्भहरूः

  • गलाती ०४:१-२
  • गलाती ०४:६-७
  • उत्पत्ती १५:१-३
  • उत्पत्ती २१:१०-११
  • लूका २०:१३-१४
  • मत्ती २१:३८-३९
  • मर्कूस १२:६-७

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H1121, H3423, G28160, G28180, G28200, G47890