ne_tw/bible/other/hard.md

5.2 KiB
Raw Permalink Blame History

कडा, कठोरता

परिभाषा:

सन्दर्भमा आधारित रहेर “कडा” शब्दका विभिन्‍न अर्थहरू छन्। यसले साधारणतया त्यस्तो कुरोलाई बयान गर्छ, जुन कठिन, दृढ वा नझुक्‍नेवाला छ।

  • "हृदय" संग "कठोर" (विभिन्‍न रूपहरूमा) को प्रयोगले मानिसहरूलाई जिद्दी रूपमा पश्‍चात्ताप नगर्ने वा (सामान्यतया) परमेश्‍वरप्रति अनाज्ञाकारी भएको जनाउँछ।
  • परिमार्जनकर्ताको रूपमा प्रयोग गर्दा, यसको अर्थ "महान प्रयास" जस्तै हुन्छ।

अनुवादका लागि सुझावहरूः

"कडा" शब्दलाई सन्दर्भको आधारमा "कठीन" वा "जिद्दी" वा "चुनौतीपूर्ण" को रूपमा अनुवाद गर्न सकिन्छ।

शब्दहरू "कठोरता" वा "हृदयको कठोरता" वा "कठोर हृदय" लाई "जिद्दी" वा "निरन्तर विद्रोह" वा "विद्रोही मनोवृत्ति" वा "जिद्दी अवज्ञा" वा "जिद्दीले पश्‍चात्ताप नगर्ने" भनेर अनुवाद गर्न सकिन्छ।

"कठोर" शब्दलाई "जिद्दीले पश्‍चात्ताप नगर्ने" वा "आज्ञा मान्‍न इन्कार गर्ने" भनेर पनि अनुवाद गर्न सकिन्छ।

"आफ्नो हृदय कठोर नगर्नुहोस्" लाई "पश्‍चात्ताप गर्न इन्कार नगर्नुहोस्" वा "जिद्दी भई अनाज्ञाकारी नगर्नुहोस्" भनी अनुवाद गर्न सकिन्छ।

"कठोर" वा "कठोर हृदय" लाई अनुवाद गर्ने अन्य तरिकाहरूमा "जिद्दी अनाज्ञाकारी" वा "अनाज्ञाकारी" वा "पश्‍चात्ताप गर्न अस्वीकार" वा "सधैं विद्रोह" समावेश हुन सक्छ।

"परिश्रम गर्नुहोस्" वा "कठिन प्रयास गर्नुहोस्" जस्ता अभिव्यक्तिहरूमा "कडा" शब्दलाई "लगतासाथ" वा "लगतापूर्वक" भनेर अनुवाद गर्न सकिन्छ।

"विरुद्द कडा थिच्‍नुहोस्" अभिव्यक्तिलाई "बलसँग धक्का" वा "विरुद्ध कडा धक्का" भनेर अनुवाद गर्न सकिन्छ।

"कठोर श्रम भएका मानिसहरूलाई थिचोमिचो गर्नु" लाई "मानिसहरूलाई यति कडा परिश्रम गर्न बाध्य पार्नुहोस् कि उनीहरूले कष्ट भोग्‍नु पर्छ" वा "मानिसहरूलाई धेरै गाह्रो काम गर्न बाध्य पारेर दुःख दिनु" भनेर अनुवाद गर्न सकिन्छ।

बच्चा जन्माउन लागेकी महिलाले अर्कै प्रकारको "कठिन परिश्रम" अनुभव गर्छिन्।

(हेर्नुहोस्ः अनाज्ञाकारी हुनु, अनाज्ञाकारी, अनाज्ञाकारिता, दुष्‍ट्याइँ, दुष्‍ट, दुष्‍टता, ह्दय, प्रसूति वेदना, परिश्रममा)

​बाइबल सन्दर्भहरू:

२ कोरिन्थी ११:२३

व्यवस्था १५:७

प्रस्थान १४:४

हिब्रू ४:७

यूहन्‍ना १२:४०

मत्ती १९:८

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H0553, H1692, H2388, H2389, H2420, H2864, H3021, H3332, H3513, H3515, H3966, H4165, H4522, H5450, H5647, H5797, H5810, H5980, H5999, H6089, H6381, H6635, H7185, H7186, H7188, H7280, H8068, H8307, H8631, G09170, G14190, G14210, G14220, G14230, G22050, G25320, G25530, G28720, G28730, G34250, G34330, G40530, G41830, G44560, G44570, G46410, G46420, G46430, G46450, G49120