ne_tw/bible/other/hang.md

2.1 KiB
Raw Permalink Blame History

झुण्ड्याउनु, झुण्डाउनु

परिभाषा:

झुण्ड्याउनु शब्दको अर्थ हुन्छ‒ कुनै कुरो वा व्‍यक्‍तिलाई जमिनभन्दा माथि टाँग्‍नु।

  • साधारणतया झुण्ड्याएर दिइने मृत्युमा डोरीलाई सुर्केनी पारेर कसिन्थ्यो। रूखको खाँबोजस्ता खडा गरिएको वस्तुमा व्‍यक्‍तिलाई राखी त्यस डोरीलाई व्‍यक्‍तिको घाँटीको चारैतिर बाँधिन्थ्यो। यहूदाले आफैलाई झुण्ड्याएर मार्‍यो।
  • येशूलाई काठको क्रुसमा झुण्ड्याएर फरक किसिमले मृत्यु दिइएको थियोः सिपाहीहरूले उहाँका हात (वा नाडी) र पाउमा काँटी ठोकी उहाँलाई क्रुसमा झुण्ड्याएका थिए।
  • कसैलाई झुण्ड्याउनुले सधैँ घाँटीको चारैतिर डोरी बाँधी उसलाई टाँगेर मार्ने कुरोलाई जनाउँछ।
  • बाइबलमा "झण्डिनु" द्वारा मृत्युको धेरै सन्दर्भहरूको लागि, मृत्युको विशेष माध्यम अज्ञात छ।

बाइबलका सन्दर्भहरूः

  • २ शमूएल १७:२३
  • प्रेरित १०:39
  • गलाती ३:१३
  • उत्पत्ती ४०:२२
  • मत्ती २७:३-५

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H2614, H3363, H8518, G05190