ne_tw/bible/other/groan.md

1.7 KiB
Raw Permalink Blame History

आर्तनाद

परिभाषा:

“आर्तनाद” शब्दले गहन, मधुरो आवाजको उच्‍चारणलाई जनाउँछ, जुन शारीरिक वा भावनात्मक पीडाको कारणले उदय हुन्छ। साधारणतया कुनै शब्दको उच्‍चारणविना नै आर्तनाद गरिन्छ।

  • शोकको अनुभूति गरेकोले व्‍यक्‍तिले आर्तनाद गर्न सक्छ।
  • डरलाग्दो, कठोर बोझको अनुभूतिले गर्दा आर्तनाद आउन सक्छ।
  • “आर्तनाद” लाई “दर्दको मधुर आवाज” वा “गहन रूपमा गरिने शोक” भनेर पनि अनुवाद गर्न सकिन्छ।
  • नामको रूपमा यसलाई “विपत्तिको मधुर आवाज” वा “दर्दको गहन गनगन” भनेर पनि अनुवाद गर्न सकिन्छ।

(यो पनि हेर्नुहोस्: रोदन)

​बाइबल सन्दर्भहरू:

२ कोरिन्थी ५:२

हिब्रू १३:१७

अय्यूब २३:२

भजनसंग्रह ३२:३-४

भजनसंग्रह १०२:५-६

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H0584, H0585, H0602, H0603, H1901, H1993, H5008, H5009, H5098, H5594, H7581, G47260, G47270, G49590