ne_tw/bible/other/gossip.md

1.8 KiB
Raw Permalink Blame History

कुरा काट्नु, बकवास

परिभाषा:

कुरा काट्नुले अरूको व्‍यक्‍तिगत कामकाजबारे मानिसहरूलाई बताउनु भन्‍ने जनाउँछ। यो साधारणतया नकारात्मक र अनुत्पादक तरिकाले गरिन्छ। अक्सर, जेको विषयमा कुरा गरिन्छ, त्यो साँचो भएको पुष्‍टि हुँदैन।

  • मानिसहरूको बारेमा नकारात्मक जानकारी फैलाउनु गलत हो भनी बाइबलले बताउँछ। कुरा काट्नु र बदख्याइँ गर्नु यस किसिमका नकारात्मक बोलीवचनका उदाहरणहरू हुन्।
  • कुरा कटाइ जसको बारेमा कुरा काटिएको छ, उसको लागि हानिकारक हुन्छ, किनकि यसले प्रायः अरू मानिसहरूसित भएको उसको सम्बन्धलाई बिगार्छ।

(यो पनि हेर्नुहोस्: निन्दा)

​बाइबल सन्दर्भहरू:

१ तिमोथी ५:१३

२ कोरिन्थी १२:२०

लेवी १९:१५-१६

हितोपदेश १६:२८

रोमी १:२९-३१

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H5372, G26360, G53970