ne_tw/bible/other/gird.md

2.6 KiB
Raw Permalink Blame History

कमरमा, वरिपरि बेरिएको, बाँधिएको, कम्मरपेटी, बेल्टमा टक, बेल्ट वरिपरि राख्नुहोस्

परिभाषा:

यो एउटा क्रियापद हो, जसको अर्थ हुन्छ‒ कुनै कुरोलाई त्यसको वरिपरि बेर्नु। यसले प्रायः लबेदा वा कुनै वस्‍त्रलाई त्यसको ठाउँमा अड्याउन पेटी वा पटुकाको प्रयोग गरी कम्मरको वरिपरि बाँध्‍ने कामलाई उल्लेख गर्दछ।

  • “पटुकाले कम्मर कस” भन्‍ने सामान्य बाइबलीय टुक्‍काले वस्‍त्रको तल्लो भागलाई पेटीमा लगेर दोबार भन्‍ने कुरोलाई जनाउँथ्यो। यसो गर्दा व्‍यक्‍ति अझै खुला किसिमले चलहल गर्न सक्थ्यो, खास गरी काम गर्नको लागि।
  • यस टुक्‍काको अर्थ कुनै कठिन काम गर्न तयार हुनु भन्‍ने पनि हुन्छ।
  • टुक्‍का “पटुकाले कम्मर कस” लाई अनुवाद गरिएको भाषामा समान अर्थ भएको टुक्‍काकै प्रयोग गरी अनुवाद गर्न सकिन्छ। वा यसलाई सामान्य अर्थमा पनि अनुवाद गर्न सकिन्छ, जस्तैः “कामको लागि आफैलाई तयार पार्नुहोस्” वा “आफै तयार हुनुहोस्।”
  • “… ले बेर्नु” लाई “… ले घेर्नु” वा “… ले बाँध्‍नु” वा “… ले कस्‍नु” भनेर पनि अनुवाद गर्न सकिन्छ।

(यो पनि हेर्नुहोस्: कम्मर)

​बाइबल सन्दर्भहरू:

१ पत्रुस १:१३

अय्यूब ३८:३

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H0640, H0247, H2290, H2296, H8151, G03280, G12410, G40240