ne_tw/bible/other/generation.md

3.7 KiB
Raw Permalink Blame History

पुस्ता

परिभाषा:

"पुस्ता" शब्दले सामान्यतया मानिसहरूको समूहलाई जनाउँछ जो एकै समयमा सबै जीवित छन्। तिनीहरू सबै समान सामान्य समय अवधिमा जन्मिएका हुन् र त्यसैले एउटै उमेरका छन्।

  • पुस्ता कुनै एउटा समयको अवधि पनि हुन सक्छ । बाइबलको समयमा एउटा पुस्तालाई साधारणतया ४० वर्षको अवधि ठानिन्थ्यो।
  • माता पिताहरू र तिनीहरूका सन्तानहरू दुई ओटा बेग्लाबेग्लै पुस्ताबाट आउँछन्।
  • बाइबलमा उही किसिमका चरित्रहरू भएका मानिसहरूलाई जनाउन पनि “पुस्ता” शब्दलाई आलङ्कारिक रूपमा प्रयोग गरिएको छ।

​अनुवाद सुझावहरू

वाक्यांश "यस पुस्ता" वा "यस पुस्ताका मानिसहरू" लाई "अहिले बस्‍ने मानिसहरू" वा "तिमीहरू" भनेर अनुवाद गर्न सकिन्छ।

“यो दुष्ट पुस्ता” लाई “अहिले बाँचिरहेका यी दुष्ट मानिसहरू” भनेर अनुवाद गर्न सकिन्छ।

"पुस्ता देखि अर्को पुस्ता" वा "एक पुस्ता देखि अर्को पुस्ता" को अभिव्यक्ति "अहिले बस्‍ने मानिसहरू, साथै तिनीहरूका छोराछोरी र नातिनातिनाहरू" वा "हरेक समय अवधिमा मानिसहरू" वा "यस समय अवधिमा मानिसहरू" भनेर अनुवाद गर्न सकिन्छ। भविष्यको समय अवधि" वा "सबै मानिसहरू र तिनीहरूका सन्तानहरू।"

“आउने पुस्ताले उहाँको सेवा गर्नेछ। तिनीहरूले आउँदो पुस्तालाई यहोवाको बारेमा बताउनेछन्” यस रूपमा अनुवाद गर्न सकिन्छ "भविष्यमा धेरै मानिसहरूले यहोवाको सेवा गर्नेछन् र आफ्ना छोराछोरी र नातिनातिनाहरूलाई उहाँको बारेमा बताउनेछन्।"

(यो पनि हेर्नुहोस्: वंशज, दुष्ट, पुर्खा)

​बाइबल सन्दर्भहरू:

प्रेरित १५:१९-२१

प्रस्थान ३:१३-१५

उत्पत्ती १५:१६

उत्पत्ती १७:७

मर्कूस ८:१२

मत्ती ११:१६

मत्ती २३:३४-३६

मत्ती २४:३४

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H1755, H1859, H8435, G10740