ne_tw/bible/other/freewilloffering.md

2.1 KiB
Raw Permalink Blame History

स्वेच्छा भेटी

परिभाषा:

यहूदी व्यवस्थाले तोकेको भन्दा बढी दिइने भेटीलाई स्वेच्छा भेटी भनिन्थ्यो।

  • यदि स्वेच्छा भेटीस्वरूप बलिदान चढाउने जनावरको आँखामा केही खराबी भएको भए पनि हुन्थ्यो, किनकि त्यो आफ्नो इच्छाले चढाएको स्वेच्छा भेटी थियो।
  • इस्राएलीहरूले बलिदान चढाएको जनावरलाई उत्सवको भोजमा खाने गर्थे।
  • एज्राको पुस्तकमा मन्दिर निर्माणको लागि चढाइएका विभिन्‍न किसिमका स्वेच्छा भेटीको बारेमा लेखिएको छ। ती भेटीहरूमा सुन, चाँदी र पूजाहारीले लगाउने लुगाहरू पनि सामेल थिए।
  • स्वेच्छा भेटी इस्राएलीहरूको लागि रमाउने कारण थियो, किनकि यो प्रशस्‍त अन्‍न उत्पादन भइरहेको छ भन्‍ने कुराको चिन्ह थियो।

(यो पनि हेर्नुहोस्: होमबलि, एज्रा, भोज, अन्‍नबलि, दोषबलि, व्यवस्था, पापबलि)

​बाइबल सन्दर्भहरू:

१ इतिहास २९:६

२ इतिहास ३५:७-९

व्यवस्था १२:१७

प्रस्थान ३६:२-४

लेवी ७:१५-१६

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H5068, H5071