ne_tw/bible/other/foundation.md

3.1 KiB
Raw Permalink Blame History

जग, संस्थापक, स्थापित

परिभाषा:

कुनै कुरालाई आधार बनाएर केही कुरा निर्माण गर्ने कामलाई “स्थापित” भनिन्छ। जग भन्‍नाले कुनै कुरा निर्माण गर्नको लागि तयार गरिएको आधार हो।

  • घरको जग बलियो र सम्पूर्ण संरचनालाई धान्‍न सक्‍ने हुनुपर्छ।
  • कुनै कुराको सुरुवात वा पहिलो पटक गरिएको सिर्जनालाई पनि “जग” भनिन्छ।
  • आलंकारिक रूपमा विश्‍वासीहरूलाई पनि प्रेरितहरू र अगमवक्ताहरूको शिक्षाको जगमा निर्माण गरिएको भवन भनिएको पाइन्छ, जुन भवनको जग येशू आफैँ हुनुहुन्छ।
  • “कुने ढुङ्गो” जगमा हालिने ढुङ्गो थियो । सम्पूर्ण भवनलाई धान्‍न सकोस् भनेर यी ढुंगाहरूलाई परीक्षण गरिएको हुन्थ्यो।

​अनुवाद सुझाव:

"संसारको सृष्टि हुनु अघि" भन्‍ने वाक्यांशलाई "संसारको सृष्टि हुनु अघि" वा "संसारको पहिलो अस्तित्व हुनु अघि" वा "सबै कुरा सृष्टि हुनु अघि" भनी अनुवाद गर्न सकिन्छ।

"स्थापना गरिएको" शब्दलाई "सुरक्षित रूपमा निर्मित" वा " निश्‍चित रूपमा आधारित" भनेर अनुवाद गर्न सकिन्छ। सन्दर्भमा निर्भर गर्दै, "आधार" लाई "बलियो आधार" वा "ठोस समर्थन" वा "सुरूवात" वा "सृष्टि" को रूपमा अनुवाद गर्न सकिन्छ।

(यो पनि हेर्नुहोस्: आधारशिला, सिर्जना)

​बाइबल सन्दर्भहरू:

१ राजा ६:३७-३८

२ इतिहास ३:१-३

इजकिएल १३:१३-१४

लुका १४:२९

मत्ती १३:३५

मत्ती २५:३४

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H0134, H0787, H2713, H3245, H3247, H3248, H4143, H4144, H4146, H4328, H4349, H4527, H8356, G23100, G23110, G26020