ne_tw/bible/other/footstool.md

3.2 KiB
Raw Permalink Blame History

पाउदान

परिभाषा:

सामन्यतयाः बसेको बेलामा खुट्टा राख्‍नको लागि प्रयोग गरिने वस्तुलाई “पाउदान” भनिन्छ । यो शब्दको पनि तल्लो स्तरको र समर्पणतालाई जनाउने आलंकारिक अर्थहरू छन् ।

  • बाइबलको समयका मानिसहरूले खुट्टालाई अति कम आदरको भाग मान्थे । यसैले पाउदानको अझै कम आदर थियो, किनभने यसमाथि खुट्टा राखिन्थ्यो ।
  • परमेश्‍वरले “म मेरा शत्रुहरूलाई मेरा खुट्टाको पाउदान बनाउने छु” भन्‍नुहुँदा, उहाँले आफ्ना विरोधीहरूमाथि शक्‍ति, नियन्‍त्रण र विजयको घोषणा गर्दै हुनुहुन्छ । उनीहरूलाई परमेश्‍वरको इच्छामा समर्पित हुने घडीसम्म नै नम्र तुल्याइन्छन् र परास्त गरिन्छन् ।
  • “परमेश्‍वरको पाउदानमा आराधना गर्नु” भन्‍नाले उहाँ आफ्नो सिंहासनमा विराजमान हुनुहुँदा उहाँको सामु झुक्‍नु भन्‍ने बुझिन्छ । यसले फेरि पनि परमेश्‍वरप्रतिको विनम्रता र समर्पणता दर्शाउँछ ।
  • दाऊदले मन्दिरलाई परमेश्‍वरको “पाउदान”को रूपमा उल्लेख गर्छन् । यसले आफ्ना मानिसहरूमाथिको उहाँको सर्वाधिकारलाई जनाउँछ । यसले परमेश्‍वर आफ्नो सिंहासनमा विराजमान हुनुभएको र उहाँको खुट्टा पाउदानमा राखिएको कुराको चित्रण गर्न सक्छ, जसले सबै कुरा उहाँको अधीनमा छ भन्‍ने देखाउँछ ।

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H1916, H3534, H7272, G42280, G52860