ne_tw/bible/other/flood.md

4.6 KiB
Raw Permalink Blame History

जलप्रलय(बाढी)

परिभाषा:

“बाढी”ले सम्पूर्ण जमिनलाई ढाक्‍नेगरी आएको ठुलो मात्राको पानीलाई जनाउँछ ।

  • यो शब्दलाई कुनै कुराको अत्याधिक मात्रालाई, विशेष गरी अचानक हुने कुनै कुरालाई आलङ्‌कारिक रूपमा जनाउन प्रयोग गरिन्छ ।
  • नोआको समयमा, मानिसहरू यति दुष्ट भएका थिए कि परमेश्‍वरले पृथ्वीको सम्पूर्ण सतहमा, पहाडका चुचुराहरूलाई समेत ढाक्‍ने गरी विश्‍‍वव्यापी जलप्रलय ल्याउनुभयो । नोआसँग डुङ्गामा नभएका सबैजना डुबे । अरू सबै बाढीहरूले धेरै सानो जमिन क्षेत्र ढाक्छन् ।
  • यो शब्द एउटा कार्य पनि हुन सक्छ, जस्तै "जमिनमाथि नदीको पानीको भल बग्यो ।"

(यो पनि हेर्नुहोस्: जहाज, नोआ)

​बाइबल सन्दर्भहरू:

दानियल ११:१०

उत्पत्ती ७:६-७

लूका ६:४६-४८

मत्ती ७:२४-२५

मत्ती ७:२६-२७

मत्ती २४:३७-३९

शब्द तथ्याङ्कः

स्ट्रोंगस H3999, G26270

अनुवादका निम्ति सुझवाहरूः

  • "बाढी"लाई शाब्दिक अर्थमा अनुवाद गर्ने तरिकाहरूमा "पानीको बहाव ढाकेको" वा "पानीको ठुलो मात्रा" पर्न सक्छन् ।
  • "बाढीजस्तै" जस्ता आलङ्कारिक तुलनाले शाब्दिक शब्दावलीलाई कायम राख्‍न सक्छ वा नदीजस्तै बग्‍ने पक्षलाई जनाउने प्रतिस्थापन शब्द प्रयोग गर्न सकिन्छ ।
  • पहिले नै पानी उल्लेख गरिएको "पानीको बाढीजस्तै" भन्‍ने अभिव्यक्तिको निम्ति जहाँ "बाढी" शब्दलाई "अत्यधिक मात्रा" वा "ढाकेर बगेको" भनेर अनुवाद गर्न सकिन्छ ।
  • "ममाथि बाढी आउन नदिनुहोस्" जस्तो अवस्थामा यो शब्दलाई रूपकको रूपमा प्रयोग गर्न सकिन्छ, जसको अर्थ "यी भयानक प्रकोपहरू ममाथि नआऊन्‌" वा "विपत्तिहरूद्वारा मेरो विनाश नहोस्" वा "तपाईंको क्रोधले मलाई नष्‍ट नपारोस्‌” भन्‍ने हुन्छ। (हेर्नुहोस्: रूपक)
  • "म आँसुले मेरो ओछ्यान भिजाउँछु" भन्‍ने आलङ्‌कारिक अभिव्यक्तिलाई "मेरो आँसुले मेरो ओछ्यान बाढीको पानीले झैँ ढाक्छ" भनी अनुवाद गर्न सकिन्छ ।

(यो पनि हेर्नुहोस्: जाहज, नोआ)

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H3999, G26270