ne_tw/bible/other/fig.md

2.5 KiB
Raw Permalink Blame History

अञ्‍जीर

परिभाषा:

अञ्‍जीर रुखमा फल्‍ने सानो, नरम र गुलियो फल हो । यो फल पाक्‍दा खैरो, पहेँलो वा बैजनी जस्ता विभिन्‍न रङका हुन सक्छन् ।

  • अञ्‍जीरको रुख ६ मिटरसम्म अग्लो हुन सक्छ र तिनीहरूका ठुला-ठुला पातले सितल छहारी दिन्छ । यसका फलहरू ३-५ सेन्टिमिटर लामो हुन्छन् ।
  • आदम र हव्वाले पाप गरेपछि आफ्नो लागि लुगा बनाउन अञ्‍जीरको रूखका पातहरू प्रयोग गरे ।
  • अञ्‍जीर काँचो, पकाएर वा सुकाएर खान सकिन्छ । मानिसहरूले यसलाई सानो टुक्राहरू बनाएर काट्छन् र पछि खानको लागि केकहरूजस्ता चक्‍कीहरू बनाउँछन् ।
  • बाइबलको समयमा अञ्‍जीरहरू  खाना र आम्दानीको प्रमुख स्रोत थिए ।
  • फलवन्त अञ्‍जीरका रुखहरूको उपस्थितिलाई बाइबलमा प्रायः समृद्धिको चिन्हको रूपमा उल्लेख गरिएको छ ।
  • आफ्ना चेलाहरूलाई आत्मिक सत्यता सिकाउन येशूले अञ्‍जीरको रुखलाई उदाहरणको रूपमा धेरै पटक प्रयोग गर्नुभयो ।

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H1061, H1690, H6291, H8384, G36530, G48080, G48100