ne_tw/bible/other/fellowshipoffering.md

1.8 KiB
Raw Permalink Blame History

मेलबलि

तथ्यहरूः

पुरानो करारमा मेलबलिको बारेमा लेखिएको पाइन्छ। यो बलिमा भाले र पोथी जनावरको बलि दिइन्थ्यो।

  • यो बलि दिनुका विभिन्‍न कारणहरू थिए। परमेश्‍वरसँग गरेको भाकल पुरा गर्न वा परमेश्‍वरलाई धन्यवाद चढाउन यो बलि दिइने गरिन्थ्यो।
  • बलिका केही हिस्सा परमेश्‍वरलाई चढाएपछि, मेलबलिलाई पूजाहारीहरू, बलि ल्याउने मानिस र अन्य इस्राएलीहरूका माझमा बाँड्ने गरिन्थ्यो।
  • यो बलिसँग खमिर नहालेको रोटी खाइन्थ्यो।
  • यसलाई कहिलेकाहीं "शान्तिबलि" भनिन्छ।

(यो पनि हेर्नुहोस्: होमबलि, पूरा, अन्‍नबलि, दोषबलि, शान्तिबलि, पुजारी, बलिदान, अखमिरी रोटी, भाकल)

​बाइबल सन्दर्भहरू:

१ इतिहास २१:२५-२७

२ इतिहास २९:३५

प्रस्थान २४:५-६

लेवी ३:३-५

गन्ती ६:१३-१५

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H8002