ne_tw/bible/other/fast.md

3.4 KiB
Raw Permalink Blame History

उपवास

परिभाषा:

एक दिन वा त्योभन्दा बढी समयसम्म खाना नखाई वा कुनै विशेष किसिमको खाना वा पेय पदार्थ नखाई बस्‍ने प्रक्रियालाई उपवास बस्‍नु भनिन्छ।

  • उपवासले मानिसहरूलाई खानेकुराबाट ध्यान हटाएर पूर्ण रुपले परमेश्‍वरमा ध्यान लगाउन सहयोग गर्छ।
  • येशूले यहूदी अगुवाहरूको निन्दा गर्नुभयो किनकि उनीहरू गलत उद्धेश्यको लागि उपवास बस्थे। उनीहरू अरू मानिसहरूको अगाडि आफूलाई धार्मिक देखाउनको लागि उपवास बस्थे।
  • कहिले काहीँ मानिसहरू आफू दुःखी भएको वा शोकमा परेको देखाउनलाई पनि उपवास बस्छन्।
  • यसलाई “खाना नखानु” भनेर पनि अनुवाद गर्न सकिन्छ।
  • नाम "छिटो" लाई "खान नगर्ने समय" वा "खाना त्याग्ने समय" भनेर अनुवाद गर्न सकिन्छ।

(यो पनि हेर्नुहोस्: यहूदी अगुवाहरू)

​बाइबल सन्दर्भहरू:

१ राजा २१:८-१०

२ इतिहास २०:३

प्रेरित १३:१-३

योना ३:४-५

लूका ५:३४

मर्कूस २:१९

मत्ती ६:१८

मत्ती ९:१५

​बाइबलका कथाहरूबाट उदाहरणहरू:

२५:१ येशूले बप्तिस्मा लिएको तुरुन्तै, पवित्र आत्माले उहाँलाई उजाडस्थानमा लैजानुभयो, जहाँ उहाँले चालीस दिन र चालीस रात उपवास बस्‍नुभयो।

३४:८ "उदाहरणका लागि, म हरेक हप्ता दुई पटक उपवास बस्छु र मैले प्राप्त गरेको सबै पैसा र सामानको दश प्रतिशत दिन्छु।"

४६:१० एक दिन, जब एन्टिओकका क्रिस्चियनहरू उपवास र प्रार्थना गरिरहेका थिए, पवित्र आत्माले तिनीहरूलाई भन्‍नुभयो, "मैले तिनीहरूलाई बोलाएको काम गर्नको लागि बर्नाबास र शाऊललाई मेरो लागि अलग गर्नुहोस्।"

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H2908, H5144, H6684, H6685, G35210, G35220