ne_tw/bible/other/elder.md

2.9 KiB
Raw Permalink Blame History

एल्डर

परिभाषा:

"एल्डर" वा "बूढो" शब्दले मानिसहरूलाई जनाउँछ (बाइबलमा, सामान्यतया पुरुषहरू) जो परिपक्‍क वयस्क र समुदाय भित्र नेता बन्‍न पर्याप्त उमेर पुगेका छन्। उदाहरणका लागि, एल्डरहरूको कपाल सेतो, वयस्क बच्चाहरू, वा सायद नातिनातिना वा नातिनातिनाहरू पनि हुन सक्छन्।

एल्डरहरू मौलिक रूपमा पाका मानिसहरू थिए जससित तिनीहरूको उमेर र अनुभवको कारणले बढी बुद्धि हुन्थ्यो भन्‍ने सत्यताबाट शब्द “एल्डर” को उदय भएको थियो।

पुरानो करारमा एल्डरहरूले सामाजिक न्याय र मोशाको व्यवस्थाजस्ता विषयहरूमा इस्राएलीहरूलाई मदत पुर्‍याए।

नयाँ करारमा यहूदी एल्डरहरू तिनीहरूका समुदायहरूमा अगुवाहरू भइरहे र तिनीहरू मानिसहरूका न्यायाधीशहरू पनि हुन्थे।

प्राचिन ख्रीष्‍टियान मण्डलीहरूमा ख्रीष्‍टियान एल्डरहरूले विश्‍वासीहरूका स्थानीय सभाहरूमा आत्मिक नेतृत्व प्रदान गरे। यी मण्डलीहरूमा भएका एल्डरहरूमा युवाहरू पनि थिए जो आत्मिक रूपमा परिपक्‍व थिए।

यो शब्दलाई "बूढा मानिसहरू" वा "मण्डलीको नेतृत्व गर्ने आध्यात्मिक रूपमा परिपक्व मानिसहरू" भनेर अनुवाद गर्न सकिन्छ।

​बाइबल सन्दर्भहरू:

१ इतिहास ११:१-३

१ तिमोथी ३:१-३

१ तिमोथी ४:१४

प्रेरित ५:१९-२१

प्रेरित १४:२३

मर्कूस ११:२८

मत्ती २१:२३-२४

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H1419, H2205, H7868, G10870, G31870, G42440, G42450, G48500