ne_tw/bible/other/drinkoffering.md

2.1 KiB
Raw Permalink Blame History

अर्घ-बलि

परिभाषा:

वेदीमा दाखमद्य खन्याएर परमेश्‍वरको लागि बलिदान चढाउने कामलाई अर्घ-बलि भानिन्छ। यो प्राय गरेर होमबलि र अन्‍नबलि सँगै चढाइन्थ्यो।

  • पावलले आफ्नो जीवनलाई अर्घ-बलिको रूपमा चढाइएको कुरा गर्छन्। उनको भनाइको अर्थ उनको जीवन परमेश्‍वरको सेवाको लागि पूर्ण रूपमा समर्पित भएको छ, चाहे येशूको बारेमा मानिसहरूसँग बोल्दा उनले मृत्युको सामना नै किन गर्नु नपरोस्।
  • येशूको क्रूसारोहण अन्तिम अर्घ-बलि थियो, जहाँ उहाँको रगत बगेको थियो।

​अनुवाद सुझाव:

यस शब्दलाई अनुवाद गर्ने अर्को तरिका "अंगूरको दाखमद्यको प्रस्ताव" हुन सक्छ। जब पावलले आफूलाई "भेटीको रूपमा खन्याइएको छ" भन्छन्, यसलाई यस रूपमा अनुवाद गर्न सकिन्छ "म मानिसहरूलाई परमेश्‍वरको सन्देश सिकाउन पूर्ण रूपमा प्रतिबद्ध छु, जसरी वेदीमा दाखमद्यको भेटी पूर्ण रूपमा खन्याइन्छ।"

(यो पनि हेर्नुहोस्: होमबलि, अन्‍नबलि)

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H5257, H5261, H5262