ne_tw/bible/other/doctrine.md

2.7 KiB
Raw Permalink Blame History

सिद्धान्त, शिक्षा, विश्वास, निर्देशन, ज्ञान

परिभाषा:

“सिद्धान्त” को शाब्दिक अर्थ “शिक्षा” हो। यसले विशेष गरेर धार्मिक शिक्षालाई जनाउँछ।

  • ख्रीष्‍टियान जीवनको कुनै विशेष क्षेत्रलाई समेटेर विश्‍वासी भइसकेका मानिसहरूलाई प्रदान गरिने शिक्षा वा अर्ती दिने कुरा ख्रीष्‍टियान सिद्धान्तभित्र पर्दछ । यसले उनीहरूलाई बलियो र विश्‍वासमा परिपक्‍क बनाउन सहयोग गर्छ।
  • ख्रीष्‍टियान सिद्धान्तले विशेष गरेर परमेश्‍वर पिता, पुत्र र पवित्र आत्माका सबै गुणहरू र उहाँले गर्नु भएका सबै कुराहरूलाई समेट्छ। परमेश्‍वरको महिमाको लागि विश्‍वासीहरूलाई पवित्र जीवन कसरी जिउने भन्‍ने कुरा सिकाइएको परमेश्‍वरको शिक्षालाई पनि यसले जनाउँछ।
  • कुनै अङ्ग्रेजी संस्करणहरूमा “सिद्धान्त” शब्दलाई मानव निर्मित झुटो वा सांसारिक धार्मिक शिक्षालाई जनाउन प्रयोग गरिएको पाइन्छ। यसको अर्थलाई यो शब्द प्रयोग गरिएको सन्दर्भ हेरेर बुझ्‍नु पर्ने हुन्छ।
  • यो शब्दलाई “शिक्षा” भनेर अनुवाद गर्न सकिन्छ।

(यो पनि हेर्नुहोस्: सिकाउनुहोस्)

​बाइबल सन्दर्भहरू:

१ तिमोथी १:३

२ तिमोथी ३:१६-१७

मर्कूस ७:६-७

मत्ती १५:७-९

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H3948, G13190, G13220, G20850