ne_tw/bible/other/divination.md

2.7 KiB
Raw Permalink Blame History

जोखना हेर्ने काम, ज्योतिषी, भविष्य हेर्ने,

परिभाषा:

अलौकिक आत्माहरूको सहयोगमा कुनै जानकारी लिने कामलाई “जोखना हेर्ने काम” वा “भविष्य हेर्ने” भनिन्छ। यस्तो काम गर्ने मानिसलाई ज्योतिषी भनिन्छ।

  • जोखना हेर्ने तरिकाहरूमध्ये जनावरको हड्‍डीमा नमुनाहरू हेर्नु वा खाइसकेको कचौरामा बाँकी रहेको पेश पदार्थको अर्थ खोल्‍ने तरिकाहरू पनि पर्छन्।
  • परमेश्‍वरले आफ्नो व्यस्थामा इस्राएलीहरूलाई जोखना हेर्ने वा भविष्य हेर्ने कामहरू नगर्नू भन्‍नुभयो।
  • परमेश्‍वरले मानिसहरूलाई ऊरीम र तुम्मीमको प्रयोग गर्ने अनुमति दिनुभयो, ती प्रधान पूजाहारीहरूले कुनै उद्देश्‍यको लागि प्रयोग गर्नलाई ढुंगाबाट बनाइएका थिए। तर उहाँले आफ्ना मानिसहरूलाई दुष्‍टात्माको सहायता लिन अनुमति दिनुभएन।
  • “तन्‍त्रमन्‍त्र”, “जादु” र “टुनामुना” गर्दा दुष्‍टत्माको शक्‍तिमा जादु, मन्‍त्र र अन्य चमत्कारहरू गर्ने कामहरू पर्दछन्। यस्ता क्रियाकलापहरूलाई परमेश्‍वरले निन्दा गर्नुभयो।

(यो पनि हेर्नुहोस्: प्रेरित, झूटा देवता, जादू, टुनामुना)

​बाइबल सन्दर्भहरू:

१ शमूएल ६:१-२

प्रेरित १६:१६

इजकिएल १२:२४-२५

उत्पत्ती ४४:५

यर्मिया २७:९-११

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H1870, H4738, H5172, H6049, H7080, H7081, G44360