4.3 KiB
अनाज्ञाकारी हुनु, अनाज्ञाकारी, अनाज्ञाकारिता
परिभाषा:
अधिकार प्राप्त व्यक्तिले आज्ञा गरेको वा भनेको कुरा नमान्नुलाई “अनाज्ञाकारी हुनु” भनिन्छ। जसले यस्तो गर्छ त्यस व्यक्तिलाई अनाज्ञाकारी भनिन्छ।
- कुनै व्यक्तिले नगर्नु भनेको कुरा गर्छ भने ऊ अनाज्ञाकारी हुन्छ।
- अनाज्ञाकारी हुनु भनेको गर्नु भनेर आदेश दिइएको कुरा नगर्नु हो।
- “अनाज्ञाकारी” भन्ने शब्द विद्रोह गर्ने वा भनेको नमान्ने गुण भएको व्यक्तिलाई जनाउन प्रयोग गरिन्छ । यसले उनीहरू पापी वा दुष्ट छन् भन्ने अर्थ लाग्छ।
- “आज्ञा पालन नगर्ने” वा “परमेश्वरले चाहेजस्तो व्यवहारको विरुद्धमा लाग्ने” कामलाई “अनाज्ञाकारिता” भनिन्छ।
- “अनाज्ञाकारी मानिसहरू” लाई “निरन्तररूपमा आज्ञापालन नगर्ने मानिसहरू” वा “परमेश्वरको आज्ञा नमान्ने मानिसहरू” भनेर पनि अनुवाद गर्न सकिन्छ।
(यो पनि हेर्नुहोस्: अधिकार, दुष्ट, पाप, आज्ञापालन)
बाइबल सन्दर्भहरू:
१ राजा १३:२१
प्रेरित २६:१९
कलस्सी ३:७
लूका १:१७
लूका ६:४९
भजनसंग्रह ८९:३०-३२
बाइबलका कथाहरूबाट उदाहरणहरू:
२:११ परमेश्वरले मानिसलाई भन्नुभयो, “तिमीले आफ्नी पत्नीको कुरा सुन्यौ र मेरो अनाज्ञाकारी गऱ्यौ।”
१३:७ यदि मानिसहरूले यी नियमहरू पालन गरे भने, परमेश्वरले तिनीहरूलाई आशिष् र रक्षा गर्नुहुनेछ भनी प्रतिज्ञा गर्नुभयो। यदि तिनीहरूले तिनीहरूलाई अनाज्ञाकारी गरे, परमेश्वरले तिनीहरूलाई दण्ड दिनुहुनेछ।
१६:२ किनभने इस्राएलीहरूले परमेश्वरको अनाज्ञाकारी रहे, उहाँले तिनीहरूलाई तिनीहरूका शत्रुहरूलाई पराजित गर्न दिनुभयो।
३५:१२ जेठो छोरोले आफ्नो बुबालाई भन्यो, 'यति वर्षहरूमा मैले तपाईंको लागि विश्वासपुर्वक काम गरेको छु! मैले तिम्रो अनाज्ञाकारी कहिल्यै गरिन, र अझै पनि तिमीले मलाई एउटा सानो बाख्रा दिएनौ ताकि म मेरा साथीहरूसँग मनाउन सकूँ।"
शब्द तथ्याङ्क
स्ट्रोंग्सः H4784, H5674, G05060, G05430, G05440, G05450, G38470, G38760