ne_tw/bible/other/detestable.md

3.1 KiB
Raw Permalink Blame History

घिनलाग्दो, घिन लाग्‍दो, घृणित

तथ्यहरूः

“घिनलाग्दो” शब्दले कुनै पनि मन नपराइएको र अस्वीकार गरिएको कुरालाई जनाउँछ। कुनै कुरामा “घिनाउनु” भन्‍नाले कुनै कुरालाई पटक्‍कै मन नपराउनु भन्‍ने बुझिन्छ।

  • बाइबलमा यो शब्दलाई दुष्‍टलाई इन्कार गर्ने सन्दर्भमा प्रयोग गरिएको पाइन्छ।
  • परमेश्‍वरले यो शब्द झुटो ईश्‍वरलाई पूजा गर्ने दुष्‍ट कामलाई जनाउनलाई प्रयोग गर्नु भयो।
  • इस्राएलीहरूलाई उनीहरूका छिमेकी जातीले गरेका घिनलाग्दा क्रियाकलापहरूलाई घृणा गर्नलाई आदेश दिइएको थियो।
  • परमेश्‍वरले सबै किसिमका गलत यौन क्रियाकलापलाई “घिनलाग्दा” भन्‍नुभयो।
  • भविष्य हेर्ने, टुनामुना र बालबलिहरू परमेश्‍वरको लागि “घिनलाग्दा” कामहरू हुन्।
  • “घिन लाग्‍नु” भन्‍ने शब्दलाई “कडा रुपले अस्‍वीकार गर्नु” वा “घृणा गर्नु” वा “अत्यन्तै दुष्‍ट भनेर मानिलिनु” भनेर अनुवाद गर्न सकिन्छ।
  • “घिनलाग्दो” भन्‍ने शब्दलाई “भयानक दुष्‍ट” वा “घृणित” वा “अस्‍वीकार गर्न लायक” भनेर अनुवाद गर्न सकिन्छ।
  • धर्मीहरू दुष्‍टताबाट “घिनाउनु” भन्‍ने शब्दलाई “अत्यन्तै मन नपराइएको” वा “तिरस्कार गरिएको” भनेर अनुवाद गर्न सकिन्छ।

(यो पनि हेर्नुहोस्: जोखना, सफा)

​बाइबल सन्दर्भहरू:

उत्पत्ती ४३:३२

यर्मिया ७:३०

लेवी ११:१०

लूका १६:१५

प्रकाश १७:३-५

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H1602, H6973, H8130, H8251, H8262, H8263, H8441, H8581, G09460, G09470, G09480, G47670, G34040