ne_tw/bible/other/desecrate.md

2.1 KiB
Raw Permalink Blame History

अपवित्र वा बिटुलो पार्नु

परिभाषा:

“अपवित्र वा बिटुलो पार्नु” भनेको कुनै पनि पवित्र ठाउँ वा वस्तुलाई आराधनाको लागि अयोग्य हुने गरी नष्‍ट गर्नु वा दूषित पार्नु हो।

  • कुनै कुरालाई बिटुलो पार्ने कामले त्यो कुराप्रति देखाइएको अनादरलाई देखाउँछ।
  • मूर्तिपूजक राजाहरूले परमेश्‍वरको मन्दिरका विशेष भाँडाहरूलाई उनीहरूको राजमहलमा हुने भोजहरूमा प्रयोग गरेर बिटुलो पारेको कुरालाई उदाहरणको रूपमा लिन सकिन्छ।
  • शत्रुहरूले मरेको मानिसका हाडहरू परमेश्‍वरको मन्दिरलाई बिटुलो पार्नको लागि प्रयोग गर्थे।
  • यसलाई “अपवित्र पार्ने काम गर्नु” वा “अपवित्र पारेर अपमान गर्नु” वा “अपमानित तरिकाले अपवित्र पार्नु” भनेर पनि अनुवाद गर्न सकिन्छ।

(यो पनि हेर्नुहोस्: वेदी, अपवित्र, अपमान, अपवित्र, शुद्ध, मन्दिर, पवित्र)

​बाइबल सन्दर्भहरू:

प्रेरित २४:४-६

यशैया ३०:२२

भजनसंग्रह ७४:७-८

भजनसंग्रह ८९:३९

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H2490, H2610, H2930, G09530