ne_tw/bible/other/delight.md

3.4 KiB
Raw Permalink Blame History

हर्ष

परिभाषा:

“हर्ष”को अर्थ निकै प्रसन्‍न वा अति आनन्द हुन्छ ।

  • कुनै कुरामा “हर्षित हुनु"को अर्थ “प्रशन्‍न हुनु” वा "आनन्दित हुनु" वा “खुसी हुनु” हो । यदि कुनै व्यक्ति केही कुरामा "हर्षित हुन्छ" भने, ऊ यसमा साह्रै आनन्दित हुन्छ ।
  • जब कुनै कुरा निकै स्वीकारयोग्य वा सुखद हुन्छ, यसलाई “हर्षपूर्ण” भनिन्छ ।
  • यदि कुनै मानिसको आनन्द कुनै कुरामा आधारित छ भने ऊ त्यस कुरामा धेरै रमाउँछ ।
  • “मेरो आनन्द परमेश्‍वरको व्यवस्थामा छ” भन्‍ने वाक्यांशलाई “परमेश्‍वरको व्यवस्थाले मलाई धेरै हर्ष प्रदान गर्छ” वा “परमेश्‍वरका आज्ञाहरू पालन गर्न मलाई मन पर्छ” वा "परमप्रभुको आज्ञा पालन गर्दा म खुसी हुन्छु" भनी अनुवाद गर्न सकिन्छ ।
  • “आनन्द नमन्‍नु” र “आनन्दित नहुनु” लाई “पटक्कै खुसी नहुनु” वा “खुसी नहुनु” भनेर अनुवाद गर्न सकिन्छ ।
  • “आफैमा आनन्दित हुनु” को अर्थ "उसले कुनै कुरा गर्न रुचाउँछ" वा " कुनै कुरा वा व्यक्तिसँग खुसी" भन्‍ने हुन्छ ।
  • “हर्षित हुनु” ले कुनै मानिस रमाउने कुरालाई जनाउँछ । यसलाई “खुसी” वा “आनन्द दिने कुराहरू” भनी अनुवाद गर्न सकिन्छ ।
  • “इच्छा पूरा गर्दा म हर्षित हुन्छु” लाई “तपाईंको इच्छा पूरा गर्न मलाई आनन्दित हुन्छु” वा “तपाईंको आज्ञा पालन गर्दा म निकै खुसी हुन्छु" भनी अनुवाद गर्न सकिन्छ ।

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H1523, H2530, H2531, H2532, H2654, H2655, H2656, H2836, H4574, H5276, H5727, H5730, H6026, H6027, H7306, H7381, H7521, H7522, H8057, H8173, H8191, H8588, H8597