ne_tw/bible/other/cypress.md

1.8 KiB
Raw Permalink Blame History

सल्लो

परिभाषा:

“सल्लो” शब्दले एक किसिमको देवदारूको रूखलाई जनाउँछ, जुन बाइबलको समयमा मानिसहरू बसोबास गर्ने क्षेत्रहरूमा प्रशस्त मात्रामा पाइन्थ्यो। यो खास गरी भूमध्य सागरका सिमानामा रहेका मुलुकहरूमा पाइन्थ्यो।

  • साइप्रस र लेबनान यस्ता दुई ठाउँहरू थिए, जहाँ सल्लाका रूखहरू प्रशस्त मात्रामा पाइन्थे भनी बाइबलमा विशेष रूपमा उल्लेख भएको छ।
  • नोआले जहाज बनाउन प्रयोग गरेको काठ सल्लो नै भएको हुन सक्छ।
  • सल्लोको काठ बलियो र दिगो हुने भएकोले डुङ्गासाथै अन्य सामग्रीहरू बनाउन प्राचीन समयका मानिसहरूले यसको प्रयोग गर्थे।

(यो पनि हेर्नुहोस्: सन्दूक, सल्लो, लेबनान)

​बाइबलका सन्दर्भहरू:

  • प्रेरित ११:१९-२१
  • उत्पत्ती ६:१४
  • होशे १४:८
  • यशैया ४४:१४
  • यशैया ६०:१३
  • जकरिया ११:२

शब्द तथ्याङ्कः

  • स्ट्रोंग्स H8645