ne_tw/bible/other/cutoff.md

3.4 KiB
Raw Permalink Blame History

बहिष्कार गर्नु, कटौति गर्नु

परिभाषा:

“बहिष्कार गरिनु" को अर्थ मुख्य समूहबाट निष्कासित हुनु, निकालिनु वा एकलो बनाइनु हुन्छ । यसले पापको कारणले ईश्‍वरीय न्यायस्वरूप मारिने कार्यलाई पनि जनाउन सक्छ ।

  • पुरानो करारमा परमेश्‍वरको आज्ञा भङ्‍ग गर्नुको परिणाम उहाँका मानिसहरू र उहाँको उपस्थितिबाट निष्कासन हुने वा अलग गरिनु हुन्थ्यो ।
  • गैरइस्राएली जातिहरूले परमेश्‍वरको आराधना नगरेकाले वा उहाँप्रति आज्ञाकारी नभएकाले र तिनीहरू इस्राएलका शत्रुहरू भएकाले उहाँले तिनीहरूलाई “बहिष्कार गर्नुहुने थियो” वा नष्‍ट पार्नुहुने थियो भनी उहाँले बताउनुभयो ।
  • परमेश्‍वरले नदी बहनबाट रोक्‍न लगाउनुभएको कार्यलाई जनाउन पनि यो शब्दको प्रयोग गरिएको छ ।

अनुवादका निम्ति सुझावहरूः

  • “बहिष्कृत हुनु” लाई “निकालिएको” वा “दुर गरिएको” वा “बाट अलग गरिएको” वा “मारिएको” वा “नष्‍ट गरिएको” भनी अनुवाद गर्न सकिन्छ ।
  • सन्दर्भअनुसार “बहिष्कार गर्नु” लाई “नष्‍ट पार्नु” वा “दुर गर्नु” वा “बाट अलग गर्नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • पानीको प्रवाहलाई कटौति गरिएको सन्दर्भमा यसलाई “रोकियो” वा “रोकिन लगाइयो” वा “विभाजन गरियो” भनी अनुवाद गर्न सकिन्छ ।
  • कुनै कुरोलाई चक्‍कुले काट्नु भन्‍ने शाब्दिक अर्थलाई यसको आलङ्कारिक प्रयोगबाट छुट्टयाउनुपर्छ ।

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H1214, H1219, H1438, H1494, H1504, H1629, H1820, H2686, H3582, H3772, H5243, H5352, H6789, H7088, H7096, H7112, H7113, G06090, G08510, G15810