ne_tw/bible/other/cupbearer.md

2.0 KiB
Raw Permalink Blame History

मद्य टक्रयाउने

परिभाषा:

पुरानो करारको समयमा “मद्य टक्रयाउने” व्‍यक्‍ति राजाको नोकर हुन्थ्यो, जसलाई राजाकहाँ मद्यको कचौरा ल्याउने जिम्मा दिइएको हुन्थ्यो। मद्यमा विष राखिएको थियो वा थिएन भनी निश्‍चित गर्नका लागि साधारणतया उसले पहिले चाखेर ल्याउने गर्थ्यो।

  • यस शब्दको शाब्दिक अर्थ हुन्छ‒ “मद्य ल्याउने” वा “मद्यको कचौरा ल्याउने व्‍यक्‍ति।”
  • मद्य टक्रयाउने व्‍यक्‍ति आफ्नो राजाको लागि ज्यादै भरोसायोग्य र बफादार हुन्थ्यो।
  • उसको भरोसायोग्य ओहोदाको कारणले शासकले लिने निर्णयहरूमा मद्य टक्रयाउनेले अक्सर प्रभाव पार्थ्यो।
  • केही इस्राएलीहरू बेबिलोनी निर्वासनमा हुँदा नहेम्याह फारसका राजा अर्तासास्तका लागि मद्य टक्रयाउने व्‍यक्‍ति थिए।

(यो पनि हेर्नुहोस्: आहासुरस, बेबिलोन, कैदी, फारस, फारो)

​बाइबलका सन्दर्भहरू:

  • १ राजा १०:३-५
  • नहेम्याह १:११

शब्द तथ्याङ्कः

  • स्ट्रोंग्स H8248