ne_tw/bible/other/corrupt.md

2.9 KiB
Raw Permalink Blame History

भ्रष्‍ट, भ्रष्ट भएको, भ्रष्‍टाचार, अविनाशीता, भ्रष्टता

परिभाषा:

शब्दहरू “भ्रष्‍ट” र “भ्रष्‍टाचार” ले कामकाजको त्यस अवस्थालाई जनाउँछन् जसमा मानिसहरू अनैतिक, बेइमान र दूषित भएका हुन्छन्।

  • “भ्रष्‍ट” शब्दको शाब्दिक अर्थ हुन्छ‒ नैतिक रूपमा “बाङ्गो” वा “भाँचिएको” हुनु।
  • भ्रष्‍ट व्यक्‍ति सत्यताबाट तर्केको हुन्छ, र उसले बेइमान र अनैतिक कामहरू गरिरहेको हुन्छ।
  • कसैलाई भ्रष्‍ट बनाउनुको अर्थ हुन्छ कि त्यस व्यक्‍तिलाई बेइमान र अनैतिक कुराहरू गर्न प्रभावित तुल्याउनु।

अनुवादका निम्ति सुझावहरूः

  • “भ्रष्‍ट बनाउनु” लाई “दुष्‍ट्याइँ गर्न प्रभावित तुल्याउनु” वा “अनैतिक हुन लगाउनु” भनी अनुवाद गर्न सकिन्छ।
  • भ्रष्‍ट व्यक्‍तिलाई “अनैतिक भएको व्यक्‍ति” वा “दुष्‍ट्याइँको अभ्यास गर्ने व्यक्‍ति” भनी अनुवाद गर्न सकिन्छ।
  • यसलाई “खराब” वा “अनैतिक” वा “दुष्‍ट” भनेर पनि अनुवाद गर्न सकिन्छ।
  • भ्रष्‍टाचार शब्दलाई “दुष्‍ट्याइँको अभ्यास” वा “दुष्‍ट्याइँ” वा “अनैतिकता” भनेर पनि अनुवाद गर्न सकिन्छ।

(हेर्नुहोस्ः दुष्‍ट्याइँ, दुष्‍ट, दुष्‍टता)

बाइबलका सन्दर्भहरूः

  • इजकिएल २०:४२-४४
  • गलाती ६:६-८
  • उत्पत्ती ६:११-१२
  • मत्ती ७:१८-२०
  • मत्ती १२:३३-३५
  • भजनसंग्रह १४:१

शब्द तथ्याङ्कः

  • स्ट्रोंग्स H2610, H3891, H4889, H7843, H7844, G08610, G13110, G27040, G53510, G53560