ne_tw/bible/other/clothed.md

3.4 KiB
Raw Permalink Blame History

लुगा, पहिराउनु, पहिराइएको,वस्त्र

परिभाषा:

बाइबलमा आलङ्कारिक रूपमा प्रयोग गर्दा “ले पहिराउनु” को अर्थ हुन्छ‒ कुनै कुरोले सुसज्जित पार्नु। कुनै कुरोले कसैलाई “पहिराउनु” को अर्थ हुन्छः निश्‍चित विशेषता प्राप्‍त गर्न खोज्‍नु।

  • त्यसै गरी, पहिराउने कुरो तपाईंको शरीरको लागि बाहिरी हो र यो सबैको लागि दृश्यवान् हुन्छ। तपाईंलाई कुनै विशेषताले “पहिराउँदा” अरूहरूले यसलाई प्रस्ट रूपमा देख्‍न सक्छन्। “आफैलाई दयाले पहिराउनु” को अर्थ हुन्छ, कि तपाईंका क्रियाकलापहरू दयाद्वारा यसरी चित्रित होऊन् कि हरेकले यसलाई सजिलैसित देख्‍न सकोस्।
  • “माथिबाटको शक्‍ति पहिराइनु” को अर्थ हुन्छः तपाईंलाई शक्‍ति दिइनु।
  • नकारात्मक अनुभवहरू व्यक्‍ति गर्न पनि यसलाई प्रयोग गरिएको छ, जस्तैः “लाजले पहिराउनु” वा “भुलले पहिराउनु।”

अनुवादका निम्ति सुझावहरूः

  • सम्भव भएसम्म “ले आफैलाई पहिराउनु” अलङ्कारलाई शाब्दिक रूपमा नै राख्‍नु उत्तम हुन्छ। यदि यसले कपडा पहिरने कुरोलाई उल्लेख गर्दै छ भने यसलाई “लगाउनु” भनेर अनुवाद गर्न सकिन्छ ।
  • त्यसले सही अर्थ दिँदैन भने “ले पहिराउनु” लाई “देखाउनु” वा “प्रदर्शन गर्नु” वा “ले भर्नु” वा “विशेषता धारण गर्नु” भनी अनुवाद गर्न सकिन्छ।
  • पदावली “ले आफैलाई पहिराउनु” लाई “ले आफैलाई ढाक्‍नु” वा “देख्‍ने गरी व्यवहार गर्नु” भनी अनुवाद गर्न सकिन्छ।

बाइबलका सन्दर्भहरूः

  • लूका २४:४८-४९

शब्द तथ्याङ्कः

  • स्ट्रोंग्स H0899, H3680, H3736, H3830, H3847, H3848, H4055, H4374, H5497, H8008, H8071, H8516, G02940, G14630, G15620, G17370, G17420, G17460, G19020, G20660, G22240, G24390, G24400, G40160, G47490, G55090