ne_tw/bible/other/clan.md

2.1 KiB
Raw Permalink Blame History

कुटुम्ब

परिभाषा:

“कुटुम्ब” शब्दले उही पूर्खाबाट आउने बिस्तारित परिवारका सदस्यहरूलाई जनाउँछ।

  • पुरानो करारमा इस्राएलीहरू तिनीहरूका कुटुम्बहरूअनुसार वा पारिवारिक समूहहरूअनुसार गणना गरिन्थे।
  • साधारणतया तिनीहरूका सबैभन्दा परिचित पुर्खाको नाउँमा कुटुम्बका नाउँहरू राखिन्थे।
  • एकल व्‍यक्‍तिलाई कहिले काहीँ तिनीहरूको कुटुम्बको नाउँद्वारा उल्लेख गरिन्थ्यो। उदाहरणको लागि, मोशाका ससुरा यित्रोलाई कहिले काहीँ तिनको कुटुम्बको नाउँ रूएलद्वारा उल्लेख गरिएको छ।
  • कुटुम्बलाई “पारिवारिक समूह” वा “बिस्तारित परिवार” वा “नातेदारहरू” भनी अनुवाद गर्न सकिन्छ।

(यो पनि हेर्नुहोस्: परिवार, यित्रो, जाति)

​बाइबलका सन्दर्भहरू:

  • १ इतिहास ६:३३-३५
  • उत्पत्ती १०:२-५
  • उत्पत्ती ३६:१५-१६
  • उत्पत्ती ३६:२९-३०
  • उत्पत्ती ३६:४०
  • यहोशू १५:२०
  • गन्ती ३:३८-३९

शब्द तथ्याङ्कः

  • स्ट्रोंग्स H0001, H0441, H1004, H4940