ne_tw/bible/other/citizen.md

2.5 KiB
Raw Permalink Blame History

नागरिक, नागरिकता

परिभाषा:

नागरिक भनेको कुनै विशेष सहर, देश वा साम्राज्यमा बस्‍ने व्‍यक्‍ति हो। यसले खास गरी त्यस्तो व्‍यक्‍तिलाई जनाउँछ, जो त्यस ठाउँको कानुनी रूपमा मान्यता प्राप्‍त बासिन्दा हुन्छ।

  • सन्दर्भमा आधारित रहेर यसलाई “बासिन्दा” वा “औपचारिक निवासी” भनी अनुवाद गर्न सकिन्छ।
  • एउटा नागरिक कुनै क्षेत्रमा बसोबास गर्न सक्छ, जुन ठुलो राज्य वा साम्राज्यको भाग हुन्छ, जसलाई राजा, सम्राट् वा अन्य शासकले शासन गर्छ। उदाहरणको लागि, पावल रोमी साम्राज्यका नागरिक थिए, जुन धेरै बेग्लाबेग्लै प्रान्तहरू मिलेर बनेको थियो। पावल ती प्रान्तहरूमध्ये एउटामा बस्थे।
  • आलङ्कारिक अर्थमा ख्रीष्‍टलाई ग्रहण गर्ने विश्‍वासीहरूलाई स्वर्गका “नागरिकहरू” भनिएको छ। यसो भन्‍नुको कारणचाहिँ कुनै दिन तिनीहरू त्यहाँ बस्‍नेछन्। देशको नागरिकजस्तै ख्रीष्‍टियानहरू परमेश्‍वरका राज्यका नागरिकहरू हुन्।

(हेर्नुहोस्: राज्य, पावल, प्रान्त, रोम)

​बाइबलका सन्दर्भहरू:

  • प्रेरित २१:३९-४०
  • यशैया ३:३
  • लूका १५:१५
  • लूका १९:१४

शब्द तथ्याङ्कः

  • स्ट्रोंग्स H6440, G41750, G41770, G48470