ne_tw/bible/other/cherubim.md

4.2 KiB
Raw Permalink Blame History

करूब

परिभाषा:

“करूब” र यसको बहुवचन रूप “करूबहरू” ले परमेश्‍वरले सृजनुभएका विशेष किसिमको स्वर्गीय प्राणीहरूलाई जनाउँछन्। करूबका पखेटाहरू र ज्वालाहरू हुन्छन् भनी बाइबलले वर्णन गर्छ।

  • करूबहरूले परमेश्‍वरका महिमा र शक्तिको प्रदर्शन गर्छन्, र तिनीहरू पवित्र थोकहरूको रक्षकजस्ता देखिन्छन्।
  • आदम र हव्वाले पाप गरेपछि अदनको बगैँचाको पूर्वतिर परमेश्‍वरले अग्‍निमय तरवारहरू बोकेका करूबहरूलाई राख्‍नुभयो, ताकि मानिसहरू फेरि जीवनको रूखसम्म पुग्‍न नसकून्।
  • करारको सन्दुकको प्रायश्‍चित्तको ढकनीमाथि आमनेसामने हुने गरी दुई करूबको प्रतिमा बनाउन परमेश्‍वरले इस्राएलीहरूलाई आज्ञा दिनुभयो।
  • पवित्र वासस्थानका पर्दाहरूमा करूबहरूका चित्रहरू बुन्‍न पनि उहाँले तिनीहरूलाई आज्ञा दिनुभयो ।
  • केही खण्डहरूमा यी प्राणीहरूमा चारवटा अनुहार थिए भनी बयान गरिएको छः मानिस, सिंह, गोरू र चिलको अनुहार।
  • करूबहरू स्वर्गदूतहरू नै थिए भनी कहिले काहीँ व्यक्त गरिएको जस्तो देखिन्छ, तर बाइबलले यसलाई प्रस्टसित बताउँदैन।

अनुवादका निम्ति सुझावहरू:

  • “करूब” शब्दलाई “पखेटा भएका प्राणीहरू” वा “पखेटा भएका संरक्षकहरू” वा “पखेटा भएका आध्यात्मिक अभिभावकहरू” वा “पवित्र, पखेटा भएका संरक्षकहरू” भनेर अनुवाद गर्न सकिन्छ।
  • एउटा "करूब" लाई करूबहरूको एकवचनको रूपमा अनुवाद गरिनु पर्छ, जस्तै, "पखेटा भएको प्राणी" वा "पखेटा भएको आध्यात्मिक अभिभावक"।
  • निश्‍चित गर्नुहोस् कि यो शब्दको अनुवाद "देवदूत" को अनुवाद भन्दा फरक छ।
  • यो शब्दलाई स्थानीय वा राष्ट्रिय भाषामा बाइबल अनुवादमा कसरी अनुवाद वा लेखिएको छ भनेर पनि विचार गर्नुहोस्।

(हेर्नुहोस्: अज्ञातहरूलाई कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: स्वर्गदूत)

​बाइबलका सन्दर्भहरू:

  • १ इतिहास १३:६
  • १ राजा ६:२३-२६
  • प्रस्थान २५:१५-१८
  • इजकिएल ९:३
  • उत्पत्ती ३:२२-२४

शब्द तथ्याङ्कः

  • स्ट्रोंग्स H3742, G55020