ne_tw/bible/other/census.md

2.9 KiB
Raw Permalink Blame History

जनगणना

परिभाषा:

“जनगणना” शब्दले देश वा साम्राज्यमा मानिसहरूको औपचारिक गणनालाई जनाउँछ।

  • पुरानो करारको अभिलेखअनुसार इस्राएलका मानिसहरूको गणना गरियोस् भनी परमेश्‍वरले विभिन्‍न समयमा आज्ञा दिनुभयो, उदाहरणको लागिः इस्राएलीहरूले पहिलो पटक मिश्र छाड्दा र तिनीहरू कनान प्रवेश गर्नुभन्दा ठिक अगि।
  • अक्सर जनगणनाको उद्देश्य कति मानिसहरूले करहरू तिरेका थिए भनी जान्‍नको लागि थियो।
  • उदाहरणको लागि, एक पटक प्रस्थानको पुस्तकमा इस्राएलका मानिसहरूको गणना गरियो, ताकि मन्दिरको सुरक्षाको लागि हरेक मानिसले आधा सेकेल (छ ग्राम) तिरोस्।
  • येशू शिशु हुनुहुँदा रोमी सरकारले तिनीहरूको साम्राज्यभर बसोबास गर्ने मानिसहरूले कर तिरून् भन्‍ने उद्देश्यले तिनीहरूको जनगणना लियो।

​अनुवादका निम्ति सुझावहरूः

  • यस शब्दलाई अनुवाद गर्ने सम्भावित तरिकाहरूमा "नाम गणना" वा "नामहरूको सूची" वा "नामांकन" समावेश हुन सक्छ।
  • "जनगणना लिनुहोस्" वाक्यांशलाई "मानिसहरूको नाम दर्ता गर्नुहोस्" वा "मानिसहरू भर्ना गर्नुहोस्" वा "मानिसहरूको नामहरू लेख्नुहोस्" भनेर अनुवाद गर्न सकिन्छ। (यो पनि हेर्नुहोस्: राष्ट्र, रोम)

​बाइबलका सन्दर्भहरू:

  • प्रेरित ५:३७
  • प्रस्थान ३०:१२
  • प्रस्थान ३८:२६
  • लूका २:३
  • गन्ती ४:१-४

शब्द तथ्याङ्कः

  • स्ट्रोंग्स H3789, H5674, H5921, H6485, H7218, G05820, G05830