ne_tw/bible/other/cedar.md

1.7 KiB
Raw Permalink Blame History

देवदारू, देवदारूको काठ

परिभाषा:

शब्दावली देवदारूले ठुलो सल्लाको रूखलाई जनाउँछ, र यो साधारणतया रातो-खैरो काठ हो। अन्य सल्लाका रूखहरूका पातजस्तै यसका पातहरू पनि पिँधमा ठुलो भएर टुप्पोतर्फ साँघुरिँदै गएका हुन्छन्।

  • पुरानो करारले अक्सर देवदारूका रुखहरूलाई लेबनानसितै उल्लेख गर्छ। त्यहाँ देवदारूका रूखहरू प्रशस्त मात्रामा उम्रन्थे।
  • यरूशलेमको मन्दिर निर्माणमा देवदारूको काठ प्रयोग गरिएको थियो।
  • बलिदानहरू चढाउन र शुद्धिकरणका भेटीहरूका लागि पनि यसको प्रयोग गरिन्थ्यो।

(यो पनि हेर्नुहोस्: देवदारू, शुद्ध, बलिदान, मन्दिर)

​बाइबलका सन्दर्भहरू:

  • १ इतिहास १४:१-२
  • १ राजा ७:१-२
  • यशैया २:१३
  • जकरिया ११:२

शब्द तथ्याङ्कः

  • स्ट्रोंग्स H0730