ne_tw/bible/other/breastplate.md

2.8 KiB
Raw Permalink Blame History

छाति-पाता

परिभाषा:

छाति-पाता युद्धको समयमा सिपाहीको रक्षा गर्न छाति ढाक्‍ने कवचको एउटा भाग थियो। इस्राएली प्रधान पूजाहारीले लगाउने विशेष किसिमको वस्‍त्रको नाउँ पनि छाति-पाता नै थियो।

  • सिपाहीले प्रयोग गर्ने “स्तनपट्टि” काठ, धातु वा जनावरको छालाबाट बनेको हुन सक्छ। यो तीर, भाला वा तरवारहरूले सिपाहीको छाती छेड्नबाट रोक्नको लागि बनाइएको थियो।
  • इस्राएलको प्रधान पूजाहारीले लगाउने “छातीको टुक्रा” कपडाले बनेको थियो र त्यसमा बहुमूल्य रत्‍नहरू जोडिएका थिए। पूजाहारीले यो पहिरन मन्दिरमा परमेश्‍वरको सेवाको कर्तव्य निर्वाह गर्दा लगाउनुभएको थियो।
  • "छाति-पाता" शब्दलाई अनुवाद गर्ने अन्य तरिकाहरूमा "धातुको सुरक्षात्मक छातीको आवरण" वा "छातीको सुरक्षा गर्ने कवचको टुक्रा" समावेश हुन सक्छ।
  • "छातीको टुक्रा" शब्दलाई "छाती ढाक्ने पूजाहारीको लुगा" वा "पूजाहारीको लुगाको टुक्रा" वा "पूजाहारीको लुगाको अगाडिको टुक्रा" भन्‍ने शब्दले अनुवाद गर्न सकिन्छ।

(यो पनि हेर्नुहोस्: कवच, प्रधान पूजाहारी, छेड्नुपूजाहारी, मन्दिर, योद्धा)

बाइबलका सन्दर्भहरूः

  • १ थेसलोनिकी ५:८
  • प्रस्थान ३९:१४-१६
  • यशैया ५९:१७
  • प्रकाश ९:७-९

शब्द तथ्याङ्कः

  • स्ट्रोंग्स H2833, H8302, G23820