ne_tw/bible/other/bow.md

3.8 KiB
Raw Permalink Blame History

झुक्नु, झुकाउनु, घुँडा टेक्नु, झुकाउनु, घुँडा झुकाउनु

परिभाषा:

झुक्‍नुको अर्थ हुन्छ‒ कसैलाई विनम्रतापूर्वक आदर र सम्मान प्रकट गर्न निहरनु। “दण्डवत् गर्नु” को अर्थ हुन्छ‒ अक्सर अनुहार र हातहरू भुइँतिर पसारी निहरनु वा घुँडा टेक्‍नु।

  • “घुँडा टेक्‍नु” वा “शिर झुकाउनु” (अर्थ हुन्छः विनम्र आदर वा शोकमा शिरलाई अगाडि निहुराउनु) अन्य अभिव्यक्‍तिहरू हुन्।
  • शिर झुकाउनु शोक वा सङ्कष्‍टको चिन्ह पनि हुन सक्छ। “शिर झुकाइएको” व्यक्‍तिलाई अपमानको तल्लो अवस्थामा ल्याइएको हुन्छ।
  • अक्सर व्यक्‍तिले राजा वा अन्य शासकहरूजस्ता उच्‍चतर ओहोदा वा महानतर महत्त्वका मानिसहरूको उपस्थितिमा दण्डवत् गर्नेछन्।
  • परमेश्‍वरको सामु दण्डवत् गर्ने काम उहाँलाई चढाइने आराधनाको अभिव्यक्‍ति हो।
  • बाइबलमा येशूका आश्‍चर्यकर्म र शिक्षाहरूबाट उहाँ परमेश्‍वरबाट पठाइनुभएका जन हुनुहुन्थ्यो भनी मानिसहरूले बुझेपछि तिनीहरूले उहाँलाई दण्डवत् गरे।
  • बाइबलले बताउँछ कि येशू कुनै दिन फर्केर आउनुहुँदा हरेकले उहाँलाई आराधना गर्न घुँडा टेक्‍नेछ।

अनुवादका निम्ति सुझावहरूः

  • सन्दर्भमा आधारित रहेर यसलाई “शिर झुकाउनु” वा “घुँडा टेक्‍नु” भनी अनुवाद गर्न सकिन्छ।
  • क्रियापद “दण्डवत् गर्नु” लाई “घुँडा टेक्‍नु” वा “लम्पसार पर्नु” भनी अनुवाद गर्न सकिन्छ।
  • सन्दर्भमा आधारित रहेर यसलाई अनुवाद गर्न केही भाषाहरूमा एकभन्दा बेसी तरिकाहरू छन्।

(यो पनि हेर्नुहोस्ः नम्र, आराधना)

बाइबलका सन्दर्भहरूः

  • २ राजा ५:१७-१९
  • प्रस्थान २०:४-६
  • उत्पत्ती २४:२६-२७
  • उत्पत्ती ४४:१४-१५
  • यशैया ४४:१९
  • लूका २४:४-५
  • मत्ती २:११-१२
  • प्रकाश ३:९-११

शब्द तथ्याङ्कः

  • स्ट्रोंग्स H0086, H3721, H3766, H5753, H5791, H6915, H7743, H7812, H7817, G11200, G25780, G28270, G40980