ne_tw/bible/other/bold.md

2.6 KiB
Raw Permalink Blame History

साहसी, साहसपूर्वक, साहस

परिभाषा:

यी सबै शब्दहरूले सत्यतालाई बताउने र कठिन वा खतरनाक अवस्था हुँदा पनि ठिक कुरा गर्ने उत्साह वा निश्‍चयतालाई जनाउँछन्।

  • जे असल र ठिक छ, त्यसलाई भन्‍न र गर्नदेखि एउटा “साहसी” व्‍यक्‍ति डराउँदैन। दुर्व्यवहारमा परिरहेका मानिसहरूको पक्षमा बोल्न पनि ऊ डराउँदैन। यसलाई “उत्साही” वा “निर्भीक” भनेर पनि अनुवाद गर्न सकिन्छ।
  • नयाँ करारमा चेलाहरू झ्यालखानामा हालिने वा मारिने खतरामा हुँदाहुँदै पनि तिनीहरूले सार्वजनिक स्थानहरूमा ख्रीष्‍टको बारेमा “साहसपूर्वक” प्रचार गरिरहे। यसलाई “निश्‍चयतासाथ” वा “दृढ उत्साहसाथ” वा “साहस गरेर” भनी अनुवाद गर्न सकिन्छ।
  • क्रुसमा ख्रीष्‍टको छुटकारामय मृत्युको शुभ खबर बताउनमा आदि चेलाहरूको “साहस” को कारणले सुसमाचार इस्राएल र नजिकका देशहरूसाथै अन्त्यमा संसारका बाँकी भागहरूमा पुग्यो। “साहस” लाई “निश्‍चित उत्साह” भनेर पनि अनुवाद गर्न सकिन्छ।

(यो पनि हेर्नुहोस्ः निश्‍चयता, शुभ खबर, उद्धार)

बाइबलका सन्दर्भहरूः

  • १ यूहन्‍ना २:२८
  • १ थेसलोनिकी २:१-२ २
  • कोरिन्थी ३:१२-१३
  • प्रेरित ४:१३

शब्द तथ्याङ्कः

  • स्ट्रोंग्स H0982, H5797, G06620, G22920, G36180, G39540, G39550, G51110, G51120