ne_tw/bible/other/blotout.md

2.6 KiB
Raw Permalink Blame History

मेट्नु, हटाउनु

परिभाषा:

“मेट्नु” र “हटाउनु” को अर्थ हुन्छः कुनै कुरो वा व्यक्‍तिलाई पूर्णतः नाश पार्नु वा उन्मूलन गर्नु।

  • यी शब्दहरूलाई सकारात्मक अर्थमा पनि प्रयोग गर्न सकिन्छ, जस्तैः पापलाई क्षमा दिई तिनलाई नसम्झने रोजाइ गरेर परमेश्‍वरले पापलाई “मेटिदिनुहुन्छ।”
  • यसलाई अक्सर नकारात्मक अर्थमा पनि प्रयोग गरिन्छ, जस्तैः मानिसहरूका पापको कारणले परमेश्‍वरले तिनीहरूलाई नष्‍ट पारी तिनीहरूलाई “मेटिदिनुहुन्छ” वा “उन्मूलन गरिदिनुहुन्छ।”
  • जीवनको पुस्तकबाट व्यक्‍तिको नाउँ “मेटिदिने” वा “हटाइदिने” विषयमा बाइबलले चर्चा गर्छ, जसको अर्थ हुन्छ कि त्यस व्यक्‍तिले अनन्त जीवन पाउनेछैन।

अनुवादका निम्ति सुझावहरूः

  • सन्दर्भमा आधारित रहेर यी शब्दहरूलाई “मुक्‍त गर्नु” वा “पूर्णतः नाश पार्नु” वा “पूर्णतः हटाउनु” भनी अनुवाद गर्न सकिन्छ।
  • जीवनको पुस्तकबाट कसैको नाउँ हटाउने कुरोलाई उल्लेख गर्दा यसलाई “बाट मिल्काइदियो” वा “मेटिदियो” भनी अनुवाद गर्न सकिन्छ।

बाइबलका सन्दर्भहरूः

  • व्यवस्था २९:२०-२१
  • प्रस्थान ३२:३०-३२
  • उत्पत्ती ७:२३-२४
  • भजनसंग्रह ५१:१-२

शब्द तथ्याङ्कः

  • स्ट्रोंग्स H4229, H8045, G18130