ne_tw/bible/other/bloodshed.md

3.4 KiB

रक्तपात

परिभाषा:

“रक्तपात” शब्दले हत्या, युद्ध वा अन्य हिंसात्मक क्रियाकलापको कारणले मानवीय प्राणीको मृत्युलाई जनाउँछ।

  • यस शब्दको शाब्दिक अर्थ हुन्छः “रगत बगाउनु।” व्‍यक्‍तिको शरीरमा भएको चोटबाट रगत आउँदा यसको उल्लेख गरिन्छ।
  • मानिसहरूको व्यापक हत्यालाई जनाउन अक्सर “रक्तपात” शब्दको प्रयोग गरिन्छ।
  • हत्याको पापको लागि सामान्य सन्दर्भको रूपमा पनि यसको प्रयोग गरिन्छ।

​अनुवादका निम्ति सुझावहरू:

  • "रक्तपात" लाई "मानिसहरूको हत्या" वा "मारिएका धेरै मानिसहरू" भनेर अनुवाद गर्न सकिन्छ।
  • "रक्तपात मार्फत" लाई "मानिसहरूलाई मारेर" भनेर पनि अनुवाद गर्न सकिन्छ।
  • "निर्दोषको रक्तपात" लाई "निर्दोष मानिसहरूको हत्या" भनेर अनुवाद गर्न सकिन्छ।
  • "रक्तपात पछि रक्तपात हुन्छ" लाई "उनीहरूले मानिसहरूलाई मार्न जारी राख्छन्" वा "मानिसहरूको हत्या जारी रहन्छ" वा "उनीहरूले धेरै मानिसहरूलाई मारेका छन् र त्यसो गरिरहन्छन्" वा "मानिसहरूले अरू मानिसहरूलाई मार्न जारी राख्छन्" भनेर अनुवाद गर्न सकिन्छ।
  • अर्को लाक्षणिक प्रयोग, "रक्‍तपातले तपाईंलाई पछ्याउनेछ," "तपाईंका मानिसहरूले रक्‍तपातको अनुभव गरिरहनेछन्" वा "तपाईंका मानिसहरू मारिनेछन्" वा "तपाईंका मानिसहरूले अरू राष्ट्रहरूसँग युद्ध गरिरहनेछन्‌ र मानिसहरूले निरन्तरता पाउनेछन्‌" र मानिसहरू मरिराख्‍नेछन् भनि अनुवाद गर्न सकिन्छ।

(यो पनि हेर्नुहोस्: रगत; वध)

​बाइबलका सन्दर्भहरू:

  • १ इतिहास २२:६-८
  • उत्पत्ती ९:५-७
  • हिब्रू ९:२१-२२
  • यशैया २६:२१
  • मत्ती २३:२९-३१

शब्द तथ्याङ्कः

  • स्ट्रोंग्सः H1818