ne_tw/bible/other/biblicaltimemonth.md

2.9 KiB
Raw Permalink Blame History

महिना, मासिक

परिभाषा:

“महिना” शब्दले लगभग चार हप्‍ताको समय अवधिलाई जनाउँछ । चन्द्र वा सौर्य पात्रोमध्ये कुनचाहिँ पात्रो प्रयोग गरिएको छ, त्यसको आधारमा हरेक महिनामा हुने दिनहरू फरक-फरक हुन्छन् ।

  • चन्द्र पात्रोमा हरेक महिनाको अवधि चन्द्रमालाई पृथ्वी एक फन्को मार्न लाग्‍ने समयको मात्रामा आधारित हुन्छ अर्थात् करिब २९ दिन हुन्छ । यस पदधतिमा वर्षमा १२ वा १३ महिना हुन्छ । १२ वा १३ महिना हुँदा पनि, हरेक वर्षको पहिलो महिनाको नामचाहिँ उही हुन्छ, यद्यपि ऋतुचाहिँ फरक हुन सक्छ ।
  • “औँसी” अर्थात् चन्द्रमाको चाँदीको जस्तो प्रकाशको प्रारम्भिक स्वरूपसँगै चन्द्र पात्रोमा हरेक महिनाको थालनी हुन्छ ।
  • बाइबलमा उल्लिख गरिएका महिनाका सबै नाउँहरू चन्द्र पात्रोअनुरूप छन्, किनकि इस्राएलीहरूले यो पद्धति प्रयोग गर्थे । धार्मिक उद्देश्यहरूका लागि आधुनिक यहूदीहरूले अझै पनि यही पात्रो प्रयोग गर्छन् ।
  • आधुनिक सौर्य पात्रो पृथ्वीलाई सूर्यको परिक्रमा गर्न लागग्‍ने समय (करिब ३६५ दिन)मा आधारित छ । यस पद्धतिमा, हरेक महिनाको अवधि २८-३१ दिनको राखेर वर्षलाई सधैँ १२ महिनामा विभाजन गरिन्छ ।

बाइबलका खण्डहरूः

शब्द विवरणः

  • Strongs: H2320, H3391, H3393, G33760