ne_tw/bible/other/biblicaltimehour.md

2.9 KiB
Raw Permalink Blame History

घडी(समय), क्षण, तुरुन्तै, केही समयको लागि

परिभाषा:

कुन समयमा कुन घटना घट्यो भनी बताउन बाइबलमा अक्सर "घडी" शब्दको प्रयोग गरिन्छ । यसलाई "समय" वा "क्षण"लाई जनाउन आलङ्कारिक रूपमा पनि प्रयोग गरिन्छ ।

  • यहूदीहरूले दिनलाई सूर्योदय (बिहान ६ बजे) देखि गणना गर्थे । उदाहरण को लागी, "नौ घण्टा" को अर्थ "दिउँसो तीन बजेको सेरोफेरो"मा भन्‍ने हुन्छ ।
  • रातको समयलाई सूर्यास्त (लगभग ६ बजे) देखि गणना गरिन्त्यो । उदाहरण को लागी, "रातको तेस्रो प्रहर" को अर्थ हाम्रो वर्तमान प्रणालीअनुसार "साँझको करिब नौ बजे" हुन्छ ।
  • बाइबलमा उल्लेख गरिएका समयहरू अहिलेको समय प्रणालीसँग ठ्याक्कै मेल नखाने हुनाले “करिब नौ बजे” वा “करिब छ बजे” जस्ता वाक्यांशहरू प्रयोग गर्न सकिन्छ ।
  • केही अनुवादहरूले दिनको कुन समयको बारेमा कुरा गरिँदैछ भनेर स्पष्ट पार्न "साँझमा" वा "बिहान" वा "अपरान्ह" जस्ता वाक्यांशहरू थप्‍न सक्छ ।
  • "त्यस घडीमा" लाई "त्यस समयमा" वा "त्यस क्षणमा" भनी अनुवाद गर्न सकिन्छ ।
  • "उहाँको समय आएको थियो" भनी येशूलाई जनाउँदा यसलाई "उहाँको निम्ति समय आइपुगेको थियो" वा "उहाँको निम्ति ठहराइएको समय आयो" भनी अनुवाद गर्न सकिन्छ ।

बाइबलका खण्डहरूः

शब्द विवरणः

  • Strongs: H8160, G56100