ne_tw/bible/other/betray.md

5.3 KiB
Raw Permalink Blame History

धोका दिनु, धोकेबाज

परिभाषा:

क्रियापद “धोका दिनु” को अर्थ हुन्छः कसैलाई छल्ने वा हानि पुर्‍याउने तरिकाले काम गर्नु। “धोकेबाज” त्यो व्यक्‍ति हो, जसले उसमाथि भरोसा गर्ने व्यक्‍तिलाई धोका दिन्छ।

  • यहूदा “धोकेबाज” थियो, किनकि येशूलाई कसरी पक्रने भनी त्यसले यहूदी अगुवाहरूलाई बतायो।
  • यहूदाको धोका खास तवरले दुष्‍ट थियो, किनकि त्यो येशूको एक प्रेरित थियो जसले येशूको अन्यायपूर्ण मृत्युमा पुर्‍याउने जानकारी दिन यहूदी अगुवाहरूबाट रूपियाँ-पैसा लियो।

अनुवादका निम्ति सुझावहरूः

  • सन्दर्भमा आधारित रहेर क्रियापद “धोका दिनु” लाई “छल गरेर हानि पुर्‍याउनु” वा “शत्रुकहाँ सुम्पुन” वा “छलपूर्ण तवरले व्यवहार गर्नु” भनी अनुवाद गर्न सकिन्छ।
  • “धोकेबाज” शब्दलाई “धोका दिने व्यक्‍ति” वा “दोहोरो चालको” वा “विश्‍वासघाती” भनी अनुवाद गर्न सकिन्छ।

(हेर्नुहोस्ः यहूदा इस्करियोत, यहूदी अगुवाहरू, धार्मिक अगुवाहरू, प्रेरित, बाह्र, एघार)

बाइबलका सन्दर्भहरूः

  • प्रेरित ७:५१-५३
  • यूहन्‍ना ६:६४-६५
  • यूहन्‍ना १३:२१-२२
  • मत्ती १०:२-४
  • मत्ती २६:२०-२२

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (२१ः११) मसीहलाई मार्नेहरूले उहाँका वस्‍त्रहरूका लागि चिट्ठा हाल्ने थिए, र एक मित्रले उहाँलाई धोका दिने थियो भनी अन्य अगमवक्‍ताहरूले भविष्यवाणी गरे। मसीहलाई धोका दिएबापत त्यस मित्रलाई भुक्‍तानिस्वरूप तिस चाँदीका सिक्‍का दिइने थियो भनी जकरिया अगमवक्‍ताले भविष्यवाणी गरे।
  • (३८ः२) येशू र चेलाहरू यरूशलेममा आइपुगेपछि यहूदा यहूदी अगुवाहरूकहाँ गयो, र रुपियाँ-पैसा पाउने सर्तमा त्यसले येशूलाई धोका दिने प्रस्ताव राख्यो।
  • (३८ः३) येशूलाई धोका दिन प्रधान पूजाहारीद्वारा अगुवाइ गरिएका यहूदी अगुवाहरूले यहूदालाई तिस चाँदीका सिक्‍का दिए।
  • (३८ः६) त्यसपछि येशूले चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछौ।” … येशूले भन्‍नुभयो, “मैले जसलाई यो रोटीको टुक्रा दिन्छु, त्यही नै धोकेबाज हो।”
  • (३८ः१३) उहाँ तेस्रो पटक फर्केपछि उहाँले भन्‍नुभयो, “जागा रहो ! मेरो धोकेबाज यहीँ छ।”
  • (३८ः१४) त्यसपछि येशूले भन्‍नुभयो, “ए यहूदा, के तिमी मलाई चुम्बनले धोका दिन्छौ ?”
  • (३९ः८) त्यही बेला यहूदी अगुवाहरूले येशूलाई मृत्युदण्ड तोकेको धोकेबाज यहूदाले देख्यो। त्यो अपशोचले भरिएर गयो, अनि त्यसले आत्महत्या गर्‍यो।

शब्द तथ्याङ्क

  • स्ट्रोंग्स H7411, G38600, G42730