ne_tw/bible/other/beg.md

4.4 KiB
Raw Permalink Blame History

माग्‍नु, भिखारी, खाँचोमा परेको

परिभाषा:

“माग्‍नु” को अर्थ कसैसँग केही कुरोको अविलम्ब अनुरोध गर्नु हो । यसले अक्सर रुपियाँ-पैसाको माग्‍ने कुरोलाई जनाउँछ, तर कुनै कुरो निम्ति बिन्तीभाउ गर्नको निम्ति पनि यसलाई प्रयोग गरिन्छ ।

  • अक्सर कुननै कुराको अत्यन्तै खाँचोमा पर्दा मानिसहरू माग्‍ने गर्छन्, तर जससँग मागिएको छ, उक्त व्यक्तिले सो दिन्छ वा दिँदैन तिनीहरूलाई थाहा हुँदैन । यसलाई “बिन्ती गर्नु” वा “आकस्मिक अनुरोध गर्नु” भनेर पनि अनुवाद गर्न सकिन्छ।
  • "भिखारी" रुपियाँ-पैसा माग्‍न सार्वजनिक ठाउँमा नियमित रूपमा बस्‍ने वा खडा हुने व्यक्ति हो ।
  • यसलाई सन्दर्भअनुसार "याचना गर्नु" वा "अविलम्ब माग्‍नु" वा “रूपियाँ-पैसाको माग गर्नु” वा “नियमित रूपमा रूपियाँ-पैसा माग्‍नु” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

बाइबलका खण्डहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • १०ः४ परमेश्‍वरले मिश्रमा भ्यागुताहरू पठाउनुभयो । फारोले भ्यागुतहारू दुर होऊन् भनी मोशासँग आग्रह गरे
  • २९ः८ “राजाले नोकरलाई बोलाएर भने, ‘ए दुष्ट नोकर! मैले तेरो ऋण माफ गरें किनभने तैँले मलाई बिन्ती गरिस् ।"

३२ः७ भूतहरूले येशूलाई बिन्ती गरे, "कृपया हामीलाई यस क्षेत्रबाट बाहिर नपठाउनुहोस्!" त्यहाँ नजिकैको पहाडमा सुँगुरहरूको बथान चरिरहेको थियो । त्यसैले, भूतहरूले येशूलाई बिन्ती गरे, “कृपया हामीलाई ती सुँगुरहरूभित्र पठाउनुहोस्!” ३२ः१० पहिले भूतात्मा लागेको त्यो मानिसले येशूसँगै जान बिन्ती गरे३५ः११ उहाँका बुबा बाहिर आए र उहाँलाई आउन र तिनीहरूसँग उत्सव मनाउन बिन्ती गरे, तर उहाँले अस्वीकार गर्नुभयो । ४४ः१ एक दिन, पत्रुस र यूहन्‍ना मन्दिर जाँदै थिए । जब तिनीहरू मन्दिरको मूलढोकामा पुगे, तिनीहरूले पैसा मागिरहेका एक लङ्गडा मानिसलाई देखे ।

शब्द विवरणः

  • Strongs: H0034, H7592, G01540, G18710, G43190, G44340