ne_tw/bible/other/ax.md

2.0 KiB
Raw Permalink Blame History

बञ्‍चरो

परिभाषा:

बञ्‍चरो रूख वा काठ काट्न वा गिँड्न प्रयोग गरिने औजार हो ।

  • साधारणतया बञ्‍चरोको लामो काठको बिँड हुन्छ, जसको टुप्‍पोमा एउटा ठुलो धारिलो धातु जोडिएको हुन्छ ।
  • तपाईंको संस्कृतिमा बञ्‍चरोजस्तै कुनै औजार छ भने त्यस औजारलाई “बञ्‍चरो” भनी अनुवाद गर्न सकिन्छ ।
  • यसलाई “रूख काट्ने औजार” वा “धारसहितको काठको औजार” वा “लामो बिँड भएको काठ काट्ने औजार” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • पुरानो करारको एउटा घटनामा बञ्‍चरो नदीमा खस्छ, त्यसैले, यदि त्यो सामग्रीलाई धारिलो कुराको रूपमा उल्लेख गरिको छ भने त्यो काठको बिँडबाट फुस्कन सक्‍ने औजार भन्‍नु उत्तम हुन्छ ।

बाइबलका खण्डहरूः

शब्द विवरणः

  • Strongs: H1631, H4621, H7134, G05130