ne_tw/bible/other/awe.md

1.7 KiB
Raw Permalink Blame History

विस्मय, अद्भुत

परिभाषा:

“भय” शब्दले कुनै महान्, शक्तिशाली र वैभवशाली कुरोलाई देख्दा आउने आश्‍चर्यको अनुभूति र गहन आदरलाई जनाउँछ।

  • “भययोग्य” शब्दले भयको अनुभूति उदय गराउने कुनै व्‍यक्‍ति वा वस्तुको बयान गर्दछ।
  • इजकिएल अगमवक्ताद्वारा देखिएको परमेश्‍वरको महिमाको दर्शन “भययोग्य” वा “भयभीत तुल्याउने” थियो।
  • परमेश्‍वरको उपस्थितिको भयलाई देखाउने साधारण मानवीय प्रतिक्रियाहरू यी नै हुन्ः डराउनु, शिर झुकाउनु वा घुँडा टेक्‍नु, अनुहार ढाक्‍नु र काँप्‍नु।

(यो पनि हेर्नुहोस्: भय, महिमा)

​बाइबलका सन्दर्भहरू:

  • १ इतिहास १७:२१
  • उत्पत्ती २८:१६-१७
  • हिब्रू १२:२८
  • भजनसंग्रह २२:२३
  • भजनसंग्रह १४७:४-५

शब्द तथ्याङ्कः

  • स्ट्रोंग्स H0366, H1481, H3372, H6206, H7227, G21240