ne_tw/bible/other/astray.md

3.4 KiB
Raw Permalink Blame History

बाटो बिराउनु, बरालिनु, पथभ्रष्‍ट हुनु, गलत बाटोतिर डोर्‍याइनु

परिभाषा:

शब्दहरू “बाटो बिराउनु” वा “बरालिनु” को अर्थ हुन्छः परमेश्‍वरको इच्छालाई नमान्‍नु। “गलत बाटोतिर डोर्‍याइएका” मानिसहरूले परमेश्‍वरको आज्ञा उल्लङ्घन गर्नका लागि प्रभावित हुन अरू मानिसहरू वा परिस्थितिहरूलाई अनुमति दिएका हुन्छन्।

  • “बाटो बिराउनु” ले गलत बाटो वा खतरनाक बाटोमा जान सफा बाटो वा सुरक्षाको बाटोलाई छाडेको तस्बिर प्रदान गर्छ।
  • आफ्नो गोठालोको गौचरन छाडी भेडाहरूले “बाटो बिराएका” छन्। परमेश्‍वरले पापिष्‍ठ मानिसहरूलाई उहाँलाई छाडी “बाटो बिराएका” भेडाहरूसित तुलना गर्नुभएको छ।

अनुवादका निम्ति सुझावहरूः

  • पदावली “बाटो बिराउनु” लाई “परमेश्‍वरबाट टाढिनु” वा “परमेश्‍वरको इच्छाबाट तर्की गलत बाटोमा लाग्‍नु” वा “परमेश्‍वरको आज्ञा मान्‍न छाड्नु” वा “परमेश्‍वरबाट टाढा भएर जिउनु” भनी अनुवाद गर्न सकिन्छ।
  • “कसैलाई पथभ्रष्‍ट बनाउनु” लाई “कसैलाई परमेश्‍वरको आज्ञा उल्लङ्घन गर्न लगाउनु” वा “कसैलाई परमेश्‍वरको आज्ञा पालन नगर्नलाई प्रभावित तुल्याउनु” वा “कसैलाई गलत मार्गमा डोर्‍याउनु” भनी अनुवाद गर्न सकिन्छ।

(यो पनि हेर्नुहोस्ः अनाज्ञाकारी हुनु, अनाज्ञाकारी, अनाज्ञाकारिता, गोठालो, रेखदेख गर्नु)

बाइबलका सन्दर्भहरूः

  • १ यूहन्‍ना ३:७-८
  • २ तिमोथी ३:१०-१३
  • प्रस्थान २३:४-५
  • इजकिएल ४८:१०-१२
  • मत्ती १८:१२-१४
  • मत्ती २४:३-५
  • भजनसंग्रह ५८:३-५
  • भजनसंग्रह ११९:१०९-११०

शब्द तथ्याङ्कः

  • स्ट्रोंग्स H5080, H7683, H7686, H8582, G41050, G53510